बाँके १५ चैत : नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना परेपछि कोरोना संक्रमित बिरामीको नमुना लिन अर्को जहाज पठाइदै छ ।
पर्यटन मन्त्री योगेश भट्टराइले बिरामीका नमुना लिन गएको नेपाल एयरलाईन्सको जहाज नेपालगन्जमा सामान्य दुर्घटना भएको बताए ।
आफ्नो फेसबुक पेजमा मन्त्री भट्टराइले ‘नमुना लिन अर्को जहाज तुरुन्त जाँदै छ । असामान्य अवस्थामा काम गर्नुहुने चालकदलका सदस्य र कर्मचारीहरुलाई हार्दिक धन्यवाद छ ।’ लेखेका छन् ।
जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको थियो । विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए ।
विमानमा सवारलाई केही नभए पनि विमानमा भने क्षती पुगेको छ । कोरोना भाइरस बिरुद्धको स्वास्थ्य सामाग्री लिएर उक्त विमान नेपालगन्ज आएको थियो ।
स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल