लकडाउनको सदुपयोग गर्दै बाँके राष्ट्रि«य निकुञ्जले आन्तरिक सुधारको काम गरेको छ । लकडाउनको चौथो दिनसम्म निकुञ्जले घाँसे मैदान व्यवस्थापन, फायर लाइन र आन्तरिक सडक मर्मत, चोरी सिकारीका लागि बिछ्याइएका जाल हटाउनेदेखि बन्यजन्तु संरक्षणको अनुगमन समेत गरिएको निकुञ्जका प्रमुख प्रमोद भट्टराइले बताए । ‘निकुञ्जमा बाहिरका मानिस प्रवेश निषेध छ । त्यसैले यही भएका कर्मचारीले आन्तरिक काम गरिरहेका छौं ।’– भट्टराइले भने ।