बिपन्न परिवारलाई वडा अध्यक्ष दिपक बर्माले दिए खाद्यन सामाग्री


नेपालगन्ज १६ चैत : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ ले नया बस्ती सुकुम्बासी टोलका मजदुरी गर्ने र दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई खाद्यन सामाग्री वितरण गरेको छ ।

लकडाउनका समयमा उपभोग्य सामाग्रीको अभाव हुन नदिन वडा अध्यक्ष दिपक बर्माको अग्रसरतामा ती परिवारलाई सहयोग गरिएको हो । ४१ घर परिवारलाई चामल प्रति परिवार ५ किलो, दाल १ किलो, प्याज १ किलो र आलु २ किलो बितरण गरिएको छ ।

लकडाउनको समयमा धेरै बिपन्न परिवारको रोजीरोटी गुमेको अवस्था छ । त्यस्ता परिवारलाई यसै गरी वडा स्तरबाट आर्थिक सहयोग दिन सके राहात हुने अध्यक्ष बर्मा बताउँछन् ।

उनले आफ्ना वडावासीलाई कोरोना संक्रमण हुनबाट जोगिन घरमै बस्न आग्रह गरेका छन् । घरमा बस्दा दैनिक उपभोग्य सामाग्रीको अभाव भए घरसम्मै पुर्याउन सकिने भएकाले घर बाहिर ननिस्किन उनको सुझाव छ ।

 

प्रकाशित मितिः     १६ चैत्र २०७६, आईतवार १३:१९  |