संघको खाद्य बस्तुको घुम्ती शिविर आज तेजनगरमा सन्चालन , भोली वडा नं. १२ मा


नेपालगन्ज १६ चैत ः नेपालगन्ज उद्योग वाणिज्य संघले आईतवार नेपालगन्ज वडा नं. १ को तेजनगरमा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा सन्चालन गरेको छ । उक्त घुम्ती सेवा शनिवारदेखि शुरु भएको थियो । खाद्य सामाग्री र तरकारी सहितको भ्यान मार्फत सेवा प्रदान भइरहेको संघका कोषाध्यक्ष हरिलाल न्यौपानेले जानकारी दिए । उक्त घुम्ती शिविर भोली वडा नं. १२ मा सन्चालन हुने छ ।

घुम्ती सेवामा गाडी मार्फत टोल-टोलमा चामल, दाल, पिठो, नून, तेल , तरकारी जस्ता अत्यावश्यक सामाग्री उपलब्ध गराइन्छ । लकडाउनको अवस्थामा कुनै पनि प्रकारको उपभोग्य सामाग्रीमा अभाव सिर्जना नहोस् भन्नका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित वडा र नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघसंग समन्वय गरेर घुम्ती पसल सन्चालन गर्दै आएको छ । तेजनगरमा आईतवार भएको घुम्ती शिविरमा संघका कोषाध्यक्ष न्यौपाने सहित कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारीको सहभागिता थियो ।

प्रकाशित मितिः     १६ चैत्र २०७६, आईतवार १८:१७  |