उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
त्यस्तै, महासंघले डेढ करोड रुपैयाँ बराबरको मेडिकल इक्विपमेन्ट र खाद्यान्न पनि दिने भएको छ ।
केही सामाग्री सरकारलाई हस्तान्तरण गर्ने र केही आफैँ वितरण गर्ने महासंघको योजना छ ।
यसबाहेक, ५ हजार श्रमिक तथा सुकुम्बासीहरुलाई ५ किलोको चामल र १ किलो दाल पनि वितरण गर्ने महासंघले जनाएको छ ।