नेपालगन्ज १७ चैत : नेपालगन्जमा कोरोना संक्रमण परीक्षणको प्रयोगशाला निर्माण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै यहाँ तिव्र असन्तुष्टि पोखिएको छ ।
सरकारले चैत ११ गते नेपालगन्जको भेरी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको थियो ।
धरानको ल्याव सन्चालन भइसकेको छ भने बाँकी ठाउँमा सोमवार पुर्याइएको छ । यद्यपी केही ठाउँमा भने प्राविधिक समस्याले पुर्याउन नसकिएको अवस्थामा छ ।
नेपालगन्जमा प्रयोगशाला बनाउने आफ्नै निर्णय कार्यान्वयन नहुने लगभग निश्चित भएको छ । त्यसको साटो प्रदेशको अस्थायी राजधानी बुटवलमा ल्याव बन्ने भएको छ ।
सरकारले संघीयता कार्यान्वयन गर्दादेखि नै नेपालगन्जलाई पछि पार्दै आएको भन्दै असन्तुष्टि व्यक्त भइरहेका बेला सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा झन्ै आक्रोस थपिएको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले सोमबार दिउँसोसम्म प्रयोगशाला निर्माणका बारेमा आपुलाई कुनै पनि सूचना नआएको बताएका छन् ।
संघीय सरकारले नेपालगन्जमा प्रयोगशाला बनाउने निर्णय कार्यान्वयन नगरेका बेला प्रदेश सरकारले भने प्रयोगशाला बनाउने निर्णय गरेको छ ।
हेर्र्नुहोस् प्रदेश नं. ५ सरकारले आज सोमबार बसेको बैठकको निर्णय
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले गरेका निर्णहरु

१। सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।
२। निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।
३।खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।
४। एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।
५। प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तीनदिनभित्र प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।
मिति २०७६ चैत १७
नेपालगन्जमा कोरोना परीक्षण प्रयोगशाला हुने निश्चित, तोकियो बिज्ञ

