२२ वाणिज्य बैंकले दिए सरकारी कोषमा साढे २५ करोड


काठमाडौं। सञ्चालनमा रहेका २७ मध्ये २२ वाणिज्य बैंकले सरकारी राहत कोषमा आर्थिक सहयोग गरेका छन्। बाँकी बैंकले पनि सहयोगका लागि आन्तरिक छलफल गरिरहेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा त्यसको रोकथाम एवं नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत गठित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा बैंकले आर्थिक सहयोग गरेका हुन्।

बैंकले संघीय र प्रदेश सरकारहरुलाई आर्थिक सहयोग गरेका हुन्। बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग गरेका हुन्।

यसबाहेक बैंकहरुले चैत ७ गतेदेखि इन्टरनेटरमोबाइल लगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबार तथा नेपाल भित्र कुनै पनि एटीएम प्रयोग गरेवापत लाग्ने खर्च स्वयं व्यहोर्दै आएका छन्।

चैत महिनामा भुक्तानी हुने ब्याज रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरिए अनुसार बैंकहरुको ब्याज आय करोडौंले घट्ने भएता पनि ऋणीहरुलाई योगदान पुग्नेगरी काम गर्ने बैंकर्स संघले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित मितिः     २१ चैत्र २०७६, शुक्रबार ०८:३१  |