उपमहानगरले वितरण गरेको चामल गुणस्तरहिन भएको भन्दै फिर्ता


नेपालगन्ज २१ चैत : नेपालगन्ज उपमहानगरपालिका मार्फत वितरण गरिएको राहात चालम गुणस्तरहिन भए पनि चौतर्फी आलोचना भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, १३ लगायका वडामा वितरण भएको चालम काम नलाग्ने भएको भन्दै सर्वसाधारणले फिर्ता गरिदिएका छन् ।

वडा नं. १८ का अध्यक्ष दीपक वर्माले राहतको नाममा गुणस्तरहिन चामल दिनेलाई तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

लकडाउनका कारण यतिबेला दैनिक ज्याला मजदुरी गरि खाने परिवार समस्यामा परेको यथार्थतालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले विपन्न समुदायका ब्यक्तिलाई राहत वितरण गरिरहेको छ ।

वर्माका अनुसार वडाले संकलन गरेको विपन्न घरपरिवारको तथ्यांकका आधारमा २५० परिवारलार्ई १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, २ किलो दाल , १ लि.धारा तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको छ ।

वडा कार्यालयले राहत वितरण गरिसकेपछि राहत प्राप्त गरेका केही स्थानीयले चामलको गुणस्तरीयतामा प्रश्न उठाएपछि वडा कार्यालयको टोलीले तत्काल स्थलगत अनूगमन गर्दा चामल गुणस्तरहीन देखेपछि स्थानीयलाई राहत स्वरुप प्राप्त गरेको चामल जस्तो छ त्यस्तै अवस्थामा राख्नुस तत्काल गुणस्तरयुक्त चामल उपलब्ध गराउछौं भन्ने प्रतिवद्धता जनायो ।

स्थानीयले गुनासो गरेको सम्पूर्ण चामल परिवर्तन गरि सबैलाई बिहान गुणस्तयुक्त चामल बितरण गरिएको वर्माले बताए । हेर्नुहोस् बर्माको भनाई-

लकडाउनका कारण यतिबेला दैनिक ज्याला मजदुरी गरि खाने परिवार समस्यामा परेको यथार्थतालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले विपन्न समुदायका ब्यक्तिलाई राहत वितरण गरिरहेको छ । वडाले संकलन गरेको विपन्न घरपरिवारको तथ्यांकका आधारमा २५० परिवारलार्ई १५ किलो चामल, ५ किलो पिठो, ५ किलो आलु, २ किलो दाल , १ लि.धारा तेल, १ किलो नुन र एउटा साबुन वितरण गरिएको छ । वडा कार्यालयले राहत वितरण गरिसकेपछि राहत प्राप्त गरेका केही स्थानीयले चामलको गुणस्तरीयतामा प्रश्न उठाउनुभयो । हाम्रो टोलीले तत्काल स्थलगत अनूगमन गर्दा चामल गुणस्तरहीन देखेपछि स्थानीयलाई राहत स्वरुप प्राप्त गरेको चामल जस्तो छ त्यस्तै अवस्थामा राख्नुस भोली गुणस्तरयुक्त चामल उपलब्ध गराउछौं भन्ने प्रतिवद्धता जनायौ । स्थानीयले गुनासो गरेको सम्पूर्ण चामल परिवर्तन गरि सबैलाई बिहान गुणस्तयुक्त चामल बितरण गरिएको छ । राहतको नाममा गुणस्तरहिन चामल पठाउने कम्पनीलाई कारवाहीको दायरामा ल्याउन वडा कार्यालयले माग गर्दछ।

के भन्छन् वडा नं. ४ का अध्यक्ष सफिक बेहना

राहात वितरणका लागि उपमहानगरले निश्चित मूल्य काम गरेको थियो । त्यही मुल्य भित्र रहेर वडा अध्यक्षहरुले चामल लगायतको सामाग्री खरिद गर्न सक्थे । म व्यवसायी समेत भएकाले सहजताका लागि केही वडा अध्यक्ष ज्यूले मबाट चालम लगायतका सामाग्री लिनु भयो । उपमहानगरले उक्त सामान बेच्ने जिम्मा मलाई दिएको भने होइन । सहजताका लागि साथीहरुले म बाट खरिद गर्नुभयो । अहिले अवस्थामा तत्काल समान पाउने अवस्था थिएन । त्यसैले कहाँ कहाँबाट मैले म्यानेज गरे । चामल केही वडा अध्यक्ष ज्यूलाई हस्तान्तरण गरे । तर चामलमा समस्या देखियो भन्ने कुरा आयो । मैले तत्कालै त्यो फिर्ता लिएर नयाँ दिए । चामल प्रयोग गर्नै नमिल्ने भन्ने होइन । सामान्य खालको समस्या देखिएको हो । हाम्रो नियत त्यस्तो केही छैन भन्ने प्रष्ट पार्न चाहान्छु ।

राहात वितरणको विषयले राजनीतिक रंग समेत लिन शुरु गरेको सामाजवादी पार्टी बाँकेले बिज्ञप्ती निकालेर राहात वितरण कार्यमा नाम छुटाइएको आरोप लगाएको छ । हेर्नुहोस् बिज्ञप्ती-

प्रकाशित मितिः     २१ चैत्र २०७६, शुक्रबार २०:५८  |