कोरोना संक्रमण बिरुद्धको तयारीको अनुगमन गर्न बाँके आए प्रदेश सामाजिक विकास मन्त्री


नेपालगन्ज २२ चैत : कोरोना संक्रमणका बिरुद्ध भइरहेका तयारीका बारेमा बुझ्न प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल बाँके आएका छन् । मन्त्री बरालले सीमामा निर्माण गरिएको क्वारेन्टाइन, भेरी अस्पताल, खजुरा क्यान्सर अस्पताल लगायतको निरीक्षण गरेका छन् ।

भेरी अस्पतालमा कोरोना भाइरस कोभिड १९० परिक्षण गर्ने स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखीने भएपनि त्यसको पुर्वतयारीका लागि मन्त्री बरालले अनुगमन गरेका हुन ।

पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्दै मन्त्री बरालले अस्पताल र मेसिनका बारेमा जानकारी लिएका थिए । मेसिनका बारे जानकारी दिदै भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले काम भइरहेको र अबको एक हप्ता भित्रमा पिसिआर मेसिनबाट काम शुरु गर्ने गरि तयारी गरीएको जानकारी दिए ।

कोरोना भाइरस परिक्षण गर्ने स्वास्थ्य उपकरण पिसिआर मेसिन खरीद र स्वास्थ्य सामाग्री लगायतका बस्तुहरु आपूर्ति गर्नकालागि कोटेशन माग गर्दै तीन दिनको सुचना प्रकाशित गरिएको र तीनवटा कम्पनीको कोटेशन प्राप्त भएको डाक्टर थापाले बताए ।

भेरी अस्पतालमा कोरोना परिक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफै खर्च बेहोर्ने निर्णय गरिसकेको छ ।
मन्त्री बरालले आजै ९शनिबार० खजुरामा रहेको क्यान्सर अस्पतालको पनि अनुगमन गरेका छन । प्रदेश सरकारले खजुरा क्यान्सर अस्पताललाई पुर्ण आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ ।

मन्त्री वरालसँगै ५ नं। प्रदेश सांसद कृष्ण केसी ‘नमुना’, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगर, खजुरा गाँउ पालिका अध्यक्ष किस्मत कुमार कक्षपति, बाँके प्रहरी प्रमुख विर बहादुर वली, स्वास्थ्य कार्यालय प्रमुख धिरजङ्ग शाह, फोकल पर्सन नरेश श्रेष्ठ, भेरी अस्पतालका मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठ लगायत भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालको तयारी र ब्यवस्थापनको अनुगमनमा सहभागी रहेका थिए ।

प्रकाशित मितिः     २२ चैत्र २०७६, शनिबार १३:२३  |