नेपालगन्ज २२ चैत : भारतको राजधानी दिल्लीस्थित धार्मिक कार्यक्रममा सहभागि भएका नेपालगन्जका तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
दिल्लीको निजामुद्धिन स्थित तब्लीगी मरकज जमातमा सहभागि भएकाहरु धेरै कोरोना संक्रमण देखिएको छ ।
त्यहाँ सहभागि हुन गएका बिभिन्न देशका नागरिक मध्ये नेपालगन्जका तीन जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिए ।
Nepalgunj Medical College
मिति २०७६/१२/२१ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) बाट गरिएको ५ वटा COVID – 19 को स्याम्पल परिक्षणको नतिजा नेगेटिभ आएको छ | उक्त ५ जनाको परिक्षण नेपालगञ्ज मेडिकल कलेजबाट भएको हो |
ती मध्ये, २०७६/१२/२० गते भारतको नयाँ दिल्लीको जमाअतबाट फर्केर नेपालगञ्ज मेडिकल कलेजको isolation unit मा रहेका ३ जना COVID -19 suspected बिरामीहरुको स्याम्पल परिक्षणको नतिजा पनि नेगेटिभ आएको छ |
कनोडियाका अनुसार, उनीहरुलाई नेपालगन्ज मेडिकल कलेजको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो ।
दिल्लीबाट आएकाहरुमा कसैमा कोरोनाको लक्षण थिएन भने सामान्य ज्वरो समेत नभएको डा. असिम किदवाईले बताए ।
‘फेरी पनि हामीले तत्कालै उहाँहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायौ र अहिले नतिजा नेगेटिभ आएको छ ।’— डा. किद्वाईले भने । नेपालगन्ज मेडिकल कलेजले यि बाहेक अन्य नूमना समेत पठाएको थियो । ती सबैको नतिजा नेगेटिभ आएको छ ।


