राहत वितरणमा भिडभाड नगरौ –मुख्यमन्त्री पोखरेल, दातालाई सहभागि नवनाउन निर्देशन


नेपालगन्ज २४ चैत : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागि नगराउन निर्देशन दिएका छन् ।

सामाजिक सन्जालमा आफ्ना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले राहत वितरणमा सामाजिक दुरी कायम गर्न, गराउन निर्देशन दिएका हुन ।

तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको र सामाजिक दुरी कायम गर्न नसकेको देखिएको अवस्थामा मुख्यमन्त्रीको ध्यानार्कषण भएको छ ।

सामाजिक दुरी कायम गराउनका लागि  टोल संस्था मार्फत वितरणको व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

राहत पाउन योग्य परिवारको पहिचान गरी सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्नु र गराउन मुख्यमन्त्रीको निर्देशन छ ।

‘दाताले प्रदान गर्ने राहत पालिका र वडा कार्यालयले संकलन गर्ने व्यवस्था मिलाउनु होला । तर राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागि नवनाउनु होला ।’– मुख्यमन्त्री पोखरेलले भने ।

सामाजिक दुरी नै कोरोना भाईरसको संक्रमण हुन नदिने सबैभन्दा प्रभावकारी उपाय भएको मुख्यमन्त्रीको भनाई छ ।

प्रकाशित मितिः     २४ चैत्र २०७६, सोमबार ०८:३४  |