- बिशेष बिभु आचार्य
कोरोनाभाइरस ९कोभिड -१९० महामारी हाम्रो समयको परिभाषित विश्वव्यापी स्वास्थ्य महासंकट हो र सारा विश्व यो प्रकोपका कारण पीडित छन्।
विभिन्न देशहरूले यस महामारीलाई सुस्त पार्न बिरामीको परीक्षण र उपचारलाई तीव्रता दिएका छन्। सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गर्ने, यात्रा सीमित गर्ने, नागरिकहरूलाई संगरोध गर्ने, ठूलो जमघटहरू रद्द गर्ने र पूर्ण तालाबन्दी गर्ने गरेका छन्। खतरनाक स्तरको फैलावट र गम्भीरताको कारण विश्व स्वास्थ्य संगठनले मार्च ११ मा यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकेको छ।
कोभिड -१९ स्वास्थ्य संकटभन्दा पनि बढी ठूलो संकट हो। कोरोना भाइरसको कारण व्यवसाय र अर्थव्यवस्था ठूलो खतरामा छ र यसले गहिरो दागहरू छाड्ने निश्चित छ। व्यवसायहरूको आपूर्तिमा समस्या देखिएको छ र व्यापार घाटा बढ्ने क्रममा छ। स्वास्थ्य र जनताको सुरक्षालाई ध्यानमा राख्दै सरकार सम्झौता गर्न बाध्य छन्। जनता आर्थिक तथा अन्य सहयोगको अपेक्षा गरिरहेका छन्।
यस्तो विकराल परिस्थितिमा विभिन्न संघ(संस्थाका नेताहरूले आफ्नो व्यवसायमा आएको यस्तो गम्भीर व्यापार झड्कामा कसरी प्रतिक्रिया दिने भनेर सोच्ने बेला आएको छ। उनीहरूले आफ्नो व्यवसायलाई पुनः आकार दिन र साधारण अवस्थामा आफ्नो व्यवसायलाई फर्काउनको लागि योजना बनाउन अपरिहार्य भएको छ।
यो अवस्थामा कम्पनी तथा व्यवसायीहरूले कसरी के काम गर्न सक्छन्रु
१. कर्मचारीको सुरक्षा र निरन्तर कामको प्राथमिकता
सर्वप्रथम, कम्पनीले कार्यस्थलमा आफ्नो कर्मचारीहरूको सुरक्षा र कल्याणको सुनिश्चितता गर्नुपर्दछ।
कुनै पनि कम्पनीका कर्मचारीहरूले आफ्नो रोजगारदाता, सामुदायिक तथा राजनीतिक नेता र सरकारका निर्देशन तथा उचित संरक्षण खोज्छन्। उनीहरूको चिन्ता सम्बोधन गरेर आश्वस्त पार्नुपर्छ। कर्मचारीहरूको संलग्नता सुनिश्चित पारी व्यवसायलाई निरन्तरता दिनु प्रथम प्राथमिकता रहन्छ।
कोरोनाभाइरसले कार्यक्षेत्रभन्दा टाढा बसेर काम गर्ने संस्कृतिको ९रिमोट वर्किङ० महत्वबारे महशुस गराएको छ। सम्भव भएसम्म, कम्पनीहरूले कार्यक्षेत्रभन्दा टाढा बसेर काम गर्ने संस्कारको विकास गर्न पर्दछ ताकि कोरोनाभाइरस जस्तै अकल्पनीय परिस्थिति आउँदा पनि काममा कुनै रोकावट नरहोस्।
यसका लागि कम्पनीहरूले कर्मचारीको पुनर्गठन गर्ने तथा स्रोतहरू पुनस् संगठित गर्नुपर्छ। कर्मचारी हकहितका नीति(कार्यक्रमहरू बनाउने र परिपालन गराउनुपर्छ जसले सुरक्षित कार्य वातावरण स्थापना हुन्छ। कम्पनीहरूले सरकार र स्वास्थ्य संस्थाहरूले तोकेका नीतिहरूको अधीनमा रही कार्यक्षेत्रको व्यवस्थापन गर्नुपर्दछ।
ग्राहकसँग प्रत्यक्ष सहकार्य गरेर गर्ने काममा कार्यक्षेत्रभन्दा टाढा बसेर काम सम्भव रहँदैन। त्यस्तो परिस्थितिमा कम्पनीहरूले आफ्ना कर्मचारीको संक्रमण सुरक्षाको लागि उचित सुरक्षण नीतिहरू अवलम्बन गर्नुपर्दछ।
२। व्यापार निरन्तरताको रणनीति पुनरालोकन गर्ने
कोरोनाभाइरसको समयावधिमा प्रायः व्यवसायहरूले आफ्नो व्यवसायको सामान्य कार्यहरूमा पनि महत्वपूर्ण अवरोधको अनुभव गर्न सक्दछन् र व्यापारमा ठूलो नोक्सानी भोगेका हुन्छन्। धेरै कम्पनीहरूले आपूर्तिमा अवरोधको अनुभव गरिरहेका छन्। साथै, यस्तो समयमा उपभोक्ताको माग र व्यवहारमा पनि उल्लेखनीय बदलाव भएको भेटिन्छ।
यी चुनौती सम्बोधन गर्न र व्यवसायको निरन्तरतालाई सुनिश्चित गर्नको लागि कम्पनीहरूले निम्न कदमहरू चाल्नुपर्ने हुन्छ।
कम्पनीले आफ्नो छोटो अवधि तथा दीर्घकालीन तरलता मूल्यांकन निरन्तर गरिरहनु पर्छ। अझ, कम्पनीले तत्काल विषम परिस्थिति भएको हुनाले छोटो अवधिको तरलता व्यवस्थापनलाई बढी ध्यान दिनुपर्छ। आसामीबाट उठ्ने पैसा चाँडै उठाउने तथा व्यापारिक मौजाद धेरै नराख्नमा ध्यान दिनुपर्छ। साथै, आफ्नो आपूर्तिकर्ताहरूसँग पनि नजिक रहेर निरन्तर सूचना लिएर आपूर्तिसँग सम्बन्धित जोखिमको पुनरालोकन गर्नुपर्छ।
यो अवधिमा नगद प्रवाह ऋणात्मक हुने९आफूसँग आउनेभन्दा जाने पैसा धेरै० प्रबल सम्भावना देखिएमा बैंक तथा वित्तीय संस्थाहरूसँग लिएका ऋणहरू पुनर्संरचना९ऋणको किस्ता तिर्ने म्याद सार्ने,सवाँ ब्याज गाभ्ने० गर्न पहल गर्न पर्छ। कम्पनीले त्यस्तो ऋणको ब्याज मात्र भुक्तानी गर्ने तथा अन्य भुक्तानीले केही समय स्थगन गर्न पहल गर्नुपर्छ।
कम्पनीले आफ्नो वित्तीय तथा संचालन जोखिमहरू मूल्यांकन गर्नुपर्छ र तुरून्त ठोस निर्णय लिई सोको असरलाई न्यूनीकरण गर्नुपर्दछ। आफ्नो प्रत्यक्ष खर्चमा हुने वृद्धिलाई मध्यनजर गरी आफ्नो नाफा नोक्सान प्रक्षेपण गर्नुपर्छ र पुनस् सम्झौतामा गरी प्रक्षेपित खर्च घटाउने अथवा विक्री मूल्य बढाउनु पर्छ। समयमै सम्भावित जोखिमको मूल्यांकन गरेर ठोस कार्य योजनासहित काम गर्न असमर्थ कम्पनीहरूले आर्थिक संकटको सिकार हुन सक्छ अथवा सोको असर दीर्घकालीन समयमा देखिन पनि सक्छ।
३। सरोकारवालाहरूसँग सहकार्य
आफ्नो सरोकारवालाहरूको लगातार साथ तथा समर्थन सुनिश्चित गर्नको लागि स्पष्ट तथा पारदर्शी रूपमा समयमै सूचनाहरू सम्प्रेषण गर्नुपर्दछ।
९क० ग्राहकस् कम्पनीले आफ्नो ग्राहकहरूलाई उत्पादन वा सेवामा भएको कुनै परिवर्तनको बारेमा अवगत गराउनु पर्छ। यदि कोरोना भाइरसको कारण कुनै करार तोकिएको समयमा समापन गर्न नसक्ने अवस्था छ भने त्यस्तो करार परिमार्जन गर्नको लागि ग्राहकसँग समन्वय गर्नुपर्छ।
९ख० आपूर्तिकर्तास् कम्पनीले कोरोनाभाइरसको संकटमा उनीहरूको आपूर्तिकर्ताहरूले सामान तथा सेवाहरू उपलब्ध गराउन सक्ने क्षमताको बारेमा बुझ्नको लागि नियमित सम्पर्क कायम राख्नुपर्दछ। यदि कम्पनीको आपूर्तिमा समस्या देखिएमा समयमै वैकल्पिक आपूर्तिका विकल्पहरूमा विचार गर्नु पर्दछ।
९ग० साहु तथा ऋण लगानीकर्तास् कम्पनीले आफ्नो साहु तथा ऋण लगानीकर्तासँगको सम्झौता मूल्यांकन गरी सम्भावित शर्तहरू वा प्रबन्धहरूमा आवश्यक संशोधनको बारेमा सक्रियताका साथ छलफल गरी उचित व्यवस्थापन गर्नुपर्छ। यसरी व्यवस्थापन गर्दा कम्पनीको छोटो अवधिको नगद प्रवाह पनि सहज हुन्छ।
९घ० सरकार तथा नियामक निकायहरूस् अहिलेको वर्तमान अवस्थामा कम्पनीले विभिन्न नियमहरू पालना नगर्ने सम्भावना हुनसक्छ र सरकार तथा नियामक निकायहरूसँग विभिन्न सुविधा तथा छुटको लागि छलफल गर्नुपर्ने हुनसक्छ। यस्तो परिस्थितिमा कम्पनीले उचित तयारी गरेर सरकार तथा नियामक निकायहरूसँग छलफल गरी सुविधा तथा छुटको लागि पहल गर्नुपर्दछ।
४ नेपाल सरकारले प्रदान गरेका सुविधाहरूको उच्चतम उपयोगस्
नेपाल सरकारले कोरोनाभाइरसमा व्यवसायहरूलाई हुने प्रतिकूल असरलाई मध्यनजर गरेर विशेष राहत प्याकेज निम्न बमोजिम घोषणा गरेको छस्
व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई दिनुपर्ने ज्याला भुक्तानीका लागि प्रतिष्ठानस्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सकिने।
बन्द रहेका पर्यटन क्षेत्रका प्रतिष्ठानहरूले दैनिक वा महिनावारी ज्यालादारीमा काम गर्ने कर्मचारीलाई ०७६ चैत महिनाको पारिश्रमिक पहिले दिएझै दिनुपर्ने।
सामाजिक सुरक्षा कोषमा आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताहरूका तर्फबाट चैत महिनामा गर्नुपर्ने योगदानतर्फको रकम नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने।
चैत महिनामा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम श्रमिक र रोजगारदाताले नबुझाए हुने।
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका तर कोभिड–१९ का कारण जान नपाएका र वैदेशिक रोजगारीबाट फर्किएकाको विवरण तयार पारी स्थानीय तहमार्फत् रोजगारी दिइने।
उनीहरूलाई स्थानीय तहको रोजगार सेवा केन्द्रमा दर्ता गराउने र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारीको अवसर सृजना गर्ने।
फागुन महिनाको भ्याट विवरण तथा रकम भुक्तानीको समयसीमा २०७७ साल वैशाख २५ गते सम्म कायम गरिएको छ।
आयकर ऐन अनुसार फागुन महिनाको इटिडिएस विवरण तथा टिडिएस रकम भुक्तानीको समयसीमा २०७७ साल वैशाख २५ गते सम्म कायम गरिएको छ।
आयकर ऐन अनुसार चैत मसान्तसम्ममा दाखिला गर्नुपर्ने दोस्रो किस्ता वापतको रकम भुक्तानीको समयसीमा २०७७ साल वैशाख मसान्तसम्म कायम गरिएको छ।
कुनै व्यक्तिले आर्थिक वर्ष २०७६र७७ सालमा नेपाल सरकार तथा प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको कर योग्य आयमा गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न पाउने।
नेपाल सरकारले अझै पनि यस्तै अरू विभिन्न सुविधा तथा छुटको घोषणा गर्न सक्छ। तसर्थ, कम्पनीहरूले यस्तो छुट तथा सुविधा कार्यक्रमहरू आफूलाई लागू हुने वा नहुने हेरी आफ्नो जोखिम न्यूनीकरण गर्न सक्छन्।
कम्पनीहरूले कोरोना भाइरसको कारणले निम्त्याएको यो समस्या भविष्यमा नदोहोरिन अहिलेको परिस्थितिलाई आधार मानी आफ्नो व्यवसायमा उचित नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ।
कम्पनीले आफ्नो व्यवसाय निरन्तरता योजनालाई समीक्षा गरी दीर्घकालीन योजना तर्जुमा गर्नुपर्दछ।
- सेतोपाटीबाट साभार