नेपालगन्ज २४ चैत : नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले कोरोनाका कारण अर्थतन्त्र चौपट हुने निश्चित भएको अवस्थामा सांसददेखि राजनीतिक नियुक्ती पाएका व्यक्तिको तलव एक तिहाई कटौती गर्न सुझाव दिएका छन् ।
नेता रिजालले तलब एक बर्षका लागि एक तिहाई कटौती गर्न कञ्जुस्याइँ गर्न नहुने बताएका छन् ।
कोरोना संक्रमणका कारण नेपाल लगायत बिश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।
त्यस्तो अवस्थामा जनप्रतिनिधिदेखि राजनीतिक नियुक्ती पाएका व्यक्तिहरुको तलव कटौती गर्दा जनताको मन जित्ने बिश्वास गरिएको छ ।
यसै सन्र्दभमा नेकपाका नेता रिजालले सामाजिक सन्जालमा मार्फत तलव कटौतीका लागि विषयमा सुझाव दिएका हुन ।
‘कोरोनाका कारण अर्थतन्त्र खस्किने निश्चित भइसक्यो । मन्त्री, सांसद, प्रदेशसभा सदस्य र राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरुको तलब एक बर्षका लागि एक तिहाई कटौती गर्न कञ्जुस्याइँ नगरौँ ।’–नेता रिजालले भने ।
उनले संसद् अन्त्य भएको र अध्यादेश ल्याउन सहजै भएकाले राजनीतिकर्मीहरुले जनताको मन जित्ने यस्तैमा काम गर्नुपर्ने बताएका छन् ।
अन्यत्रका ’बुर्जुवा’हरुले पनि उछिनिन्न थालेको भन्दै भन्दै नेता रिजालले सरकारको ध्यानार्कषण गराएका छन् ।