नेपालगन्ज २५ चैत : लकडाउन उल्लंघन गर्नेलाई बाँके प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो ।
मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । स्थानिय विपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएस्पी शिब बहादुर सिंहले जानकारी दिए । ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि इम्प्रोभाइज्ड म्यान क्याचर स्टिक निर्माण गरीएको सिंहले बताए ।
पहिलो दिन पक्राउ परेका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिएको बताउँदै सिंहले भोलीदेखी लकडाउन उलङ्घन गर्ने बिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन । स्थानिय स्तरमै उत्पादन गरीएको स्टिक ४र५ फिट लामो भएकाले कुनै पनि ब्यक्तिलाई नछोएरै प्रहरीले नियन्त्रणमा लिन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीले बताए ।