‘ड्युटी’ नगर्ने स्वास्थ्यकर्मी माथि कारवाही


बुटवल, २६ चैत्र । माहामारीको प्रकोपका बेला बिरामीलाई सेवा नदिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रदेश ५ बाट कारवाही गर्न सुरु गरिएको छ ।

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो ।

मन्त्रालयले प्रदेशको राजधानीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ ।
लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका आनुसार विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको छ ।

रेडियोलोजी विभागमा कार्यरत डा। बरदान वली र डा। तारा प्रसाद शर्मा, इएनटी विभागका डा। प्रकाश न्यौपाने, युरो सर्जन डा। सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको मेसु डा। खनालले जानकारी दिनुभयो । उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित भएका कारण हटाईएको डा। खनालले बताउनु भयो । हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको अस्पताल प्रशासनले जनाएको छ ।

मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए ।

मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिदै कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने बताउनुभयो ।

मन्त्रालयले प्रदेशसमा रहेका सबै अस्पतालहरुको दैनिक हाजीरी बिवरण माग गरेको र गयल भएकाहरुलाई स्पष्टिकरण सोधेर हटाउने सम्मको कारवाही थालेको मन्त्री बरालले बताउनु भयो ।

प्रकाशित मितिः     २६ चैत्र २०७६, बुधबार १३:२८  |