
नेपालगन्ज २६ चैत : सबैले राहतका लागि सरकारकै मुख ताकिरहेका बेला नेपालगन्ज उपमहानगरपालिका ४ स्थित हातेमालोे टोल विकास समितिले भने आफै राहत संकलन गरेर घरभाडामा बस्ने पिन्न परिवारलाई वितरण गरेको छ ।
बुधवार सामाजिक दूरी कायम गर्दै ४० परिवारलाई चामल नून, तेल जस्ता खाद्य सामाग्री वितरण गरेको अध्यक्ष बिश्व प्रसाद पाण्डेले जानकारी दिए ।

वडास्तरबाट घर भएकालाई मात्र राहत वितरण गर्ने नीति बनाउँदा घरमा खाद्यन हुनेले राहत पाउने र भाडा बस्ने बिपन्न परिवारले नपाउने अवस्था देखेपछि टोल विकास समिति आफै यस्तो काममा अग्रसर भएको हो ।
टोल विकास समितिका सदस्य घरपरिवारले खाद्यन संकलन गरी सहयोग गरिएको अध्यक्ष पाण्डेले बताए ।

