बाँकेका शैक्षिक सुधारक हरिप्रसाद रावतको निधन


नेपालगन्ज २६ चैत : बाँकेको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका कोहलपुर निवासी हरिप्रसाद रावतको निधन भएको छ ।

बुधवार सांझ बिरामी परेपछि रावतलाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमै निधन भएको छोरा यम रावतले जानकारी दिनुभयो  ।

बिक्रम संम्बद १९८८ माघ १० गते सल्यानमा जन्मनुभएका रावतले कोहलपुरको शिक्षा र समाजिक काममा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

उहाँकै अगुवाईमा बागेश्वरी कलेज स्थापना भयो भने त्रिभुवन माविको स्तारेन्नती भयो ।

रावत कुनै बेला भूमिसुधारका अधिकारी थिए भने त्यसपछि राजनीतिमा पनि सक्रिय रहेको उनका भाई भिम रावतले बताउनुभयो। रावतको निधनबाट कोहलपुरले एउटा शैक्षिक सुधारक गुमाएको छ ।

 

प्रकाशित मितिः     २६ चैत्र २०७६, बुधबार २२:४५  |