जनार्दन शर्माको अगुवाईमा रुकुममा यसरी बन्दै छ सुविधा सम्पन्न आइसोलेसन नयाँ भवन


नेपालगन्ज २८ चैत : नेकपाका नेता जनार्दन शर्माको नेतृत्वमा रुकुम पश्चिममा दश दिनभत्र आठ कोठे आइसोलेसन भवन निर्माणको काम धमाधम भइरहेको छ ।

त्यसका लागि नेता शर्मा स्वयं पनि काममा खटिएका छन् । आइसोलेशन भवन निर्माण शुरु भएको तीन दिन भएको छ । नेता शर्माले सामाजिक सन्जालमा रातमा बत्ती बालेर भवन निर्माणका लागि भइरहेको कामको तस्विर साझा गरेका छन् ।

शर्माले लेखेका छन्,-

हामी पनि सक्छौ र सक्नुपर्छ। कोरोना महामारीको नियन्त्रणको लागि आठबिसकोट न।पा रुकुममा सबै सुबिधा सहितको ८ कोठाको आइसोलेसन भवन १० दिनमा सक्ने लक्ष्य सहित आज ३ दिनको काम। यो काम श्रम सहकारी द्वारा गरिदै छ। जनता नै शक्तिका श्रोत हुन। सबै कुरा जनताबाट सिकौं ।

हेर्नुहोस् बन्दै गरेको भवन ।

 

प्रकाशित मितिः     २८ चैत्र २०७६, शुक्रबार १४:१५  |