नेपालगन्ज २९ चैत : नेपालगन्ज उपमहानगरपालिकाको शनिवार बसेको बोर्ड बैठकले बिपन्न परिवारलाई सामूहिक भोजन खुवाउने भएको छ । त्यसका लागि बागेश्वरी पार्क,हडियाबाबा,रामलिला मैदान,राँझाको आदर्श मावि, कोरियनपुरको बगियामा स्थान तोक्ने तयारी भइरहेको वडा नंं २ का अध्यक्ष सुनिल सिंह हमालले बताए ।
राहतको पहुँचमा नपुगेका परिवारका लागि लक्षित गरेर यस्तो भोजनको व्यवस्था गर्न लागिएको छ । उक्त कार्यका लागि जिल्लास्थित प्रहरी, प्रशासनसंग समन्वय गरिने प्रवक्ता प्रमोद रिजाल बताउँछन् ।
समन्वय पछि मात्र भोजन खुवाउन शुरु गरिने छ । कोरोना संक्रमण हुन नदिन सरकारले लकडाउन गरेका बेला सामुहिकरुपमा भोजन खुवाउन चुनौतीपूर्ण देखिएको छ । त्यसको व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएके छ । दुरी कायम गरी भोजन खुवाइने छ ।