- उमा थापामगर
उपमेयर
नेपालगन्ज उपमहानगरपालिका
अहिलेको विषम परिस्थितिमा आफ्नो दैनिकि निर्वाह गर्न जो कोहि लाई पनि अत्यन्त कठिन भई रहेको अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरको ५ ठाउँमा असहायका लागि निशुल्क खाना खुवाउने निर्णय गरेको छ ।
नगर लकडाउन हुँदा दैनिक ज्याला मजदुरि गर्ने र विपन्न समुदायलाई लक्षित गरेर शुरु गरेको राहत वितरणले केहिलाई राहत गरेपनि वास्तविक गरिब र विपन्न समुदाय अझै पनि मर्कामा परेको गम्भीर विषयलाई सम्बोधन गर्न हामिले यो निर्णय गरेका हौ । हामिलाई थाहा छ यो निर्णय कार्यन्वयन गर्न हामिलाई थप चुनौतिको सामना गर्नु पर्नेछ ।
सामाजिक दुरि कायम गर्दै, भिडभाड नहुने गरि र खाना आउनेहरुलाई आउनरजान सहज बनाएर मात्र यो निर्णय कार्यन्वयन गर्नु पर्ने छ । यसको लागि हामि स्थानीय पुलिस प्रशासनसंग भोलि छलफल गर्दैछौ । खाना खुवाउने कार्य सहि तवरले संचालन गर्न वडा अध्यक्षहरु आ आफ्नो वडा वा नजिकको वडामा खटिनु हुन्छ भने प्रमुखरउपप्रमुखले नगरको पुर्ण रुपमा जिम्मेवारी लिनुहुनेछ । ।
उपमहानगरपालिकाले आफ्नो नागरिक भोक भोकै सुत्न नपरोस र एक छाक खाना नपाएर मर्न नपरोस् भन्ने मानवीय सोचका साथ यो कार्यको थालनि गरेको हुदा म सम्पुर्ण नगरवासिमा एउटा सचेत नागरिकको तर्फबाट जे जसरि हुन्छ सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।