पैसा काटिएका ऋणीले अनुरोध गरे बैंकले फिर्ता गरिदिने


काठमाडौं। कोभिड-१९ को असर ऋणीलाई कम परोस् भनेर नेपाल राष्ट्र बैंकले चैत १६ गते एउटा निर्देशन जारी गर्यो( ब्याज भुक्तानी अवधि थप सम्बन्धमा।

सर्वसाधारण तथा ब्यवसायीहरु राष्ट्र बैंकले किस्ता तिर्ने समय थपिदियो भनेर खुसी भए। ब्यवसायिक संगठनहरुले राष्ट्र बैंकको निर्देशनको स्वागतमा विज्ञप्तिसमेत निकाले। तर चैत मसान्तमा ऋणीको खाताबाट पैसा काटिएको एसएमएस आउन थाल्यो। राष्ट्र बैंकले नकाट् भन्दाभन्दै बैंकहरुले पैसा काटिदिए भनेर ऋणीहरु रिसाए पनि।
तर यसमा बैंकको गल्ती भने थिएन। तैपनि बैंकहरुले काटिएको पैसा अनुरोध भइआएमा फिर्ता गरिदिने भएका छन्।ऋणीले बैंकको नियमित किस्ता तिर्नका लागि खाता खोलेको हुन्छ। त्यो खातामा पैसा छ भने बैंकले अवधि पुगेपछि स्वतस् कट्टा गरिदिन्छ। त्यो खातामा पैसा हुनु भनेको ऋण तिर्न ऋणीको रजामन्दी छ भन्ने अर्थ लाग्छ।

ऋणीले त्यही खातामा पैसा राखेका थिए। बैंकले बुझ्यो- ऋणी पैसा तिर्न चाहन्छ। त्यसैले उसले पाकेको साँवा र ब्याज काट्यो। राष्ट्र बैंकले १६ गतेको निर्देशनमा भनेको छ- चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रैमासिक किस्ताहरुको ९डेबिट कार्डसमेत० भुक्तानी असार मसान्तसम्ममा हुने ब्यवस्था मिलाउनु पर्नेछ। यो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन। किस्ता अनुकूल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नुपर्ने छैन।

चैत महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्मका लागि थप गर्न सकिने छ( भनेर अर्को बुँदा पनि निर्देशनमा छ।

मासिकरत्रैमासिक किस्ता तिर्नेलाई पाकेको ब्याजमा १० प्रतिशत छुटको ब्यवस्था पनि गरिएको छ। पैसा काटिएपछि ऋणीहरु रिसाएका थिए। उनीहरुले बैंकले पैसा काटेकाले कर्मचारीलाई तलब ख्वाउन पनि समस्या भएको भन्दै विरोधमा उत्रिएका थिए। ऋणीले यदि ब्याज तिर्ने खातामा पैसा राखेका थिएनन् भने बैंकले काट्नै पाउँदैनथ्यो।

प्रणालीले स्वतस् पैसा काटे पनि कसैले अनुरोध गरे त्यो पैसा बैंकहरुले फिर्ता गर्न थालेका छन्। ुफोन गरी गरी ऋण उठाएको छैन। खातामा कसैले राखेको छ भने त्यो काटिने हो,ु लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बिजमाण्डूसँग भने, ुमेरो पैसा किन तानेको कसैले भन्नुहुन्छ भने त्यो फिर्ता गरिदिन थालेका छौं। यसका लागि मौखिक रुपमा भने पनि हुन्छ।ु

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कसैले नजानेर ऋण तिर्ने खातामा पैसा राख्दा त्यो काटिएको बताए। उनले १० प्रतिशत छुटको स्किम अन्य प्रकारका ऋणमा पनि भएको भए यसपाली राम्रै पैसा उठ्ने अनुमान सुनाए। ुदुई महिना समय दिइएकाले हुनेले पनि तिर्न चाहेनन्,ु उनले भने।

पैसा काटिँदा भोलि ती ब्यापार ब्यवसायमा समस्या हुन जाने भन्दै उनीहरुलाई समस्या नपरोस् भनेर पनि आग्रह आएमा काटिएको पैसा फिर्ता गर्ने नीति लिइएको शाहले बताए।

उनले पैसा हुनेले अहिले तिर्दा फाइदा हुने बताए। नियमित इएमआइ तिर्नेलाई १० प्रतिशत छुट हुँदा त्यसै फाइदा हुने उनको तर्क छ। उनका अनुसार, ब्यवसायीलाई दुई महिनापछि तिर्दा जरिवाना नलाग्ने हो, तर ब्याज त पाकिरहेको हुन्छ। ुयसो हुँदा हुनेले तिर्दा राम्रो हुन्छ,ु शाहले भने।
बिजमाण्डुबाट

प्रकाशित मितिः     ७ बैशाख २०७७, आईतवार ०८:०२  |