जिभिएन कलेजमा अनलाइन कक्षा सन्चालन


नेपालगन्ज १४ बैशाख : जिभिएन कलेज नेपालगन्जले भर्जुअल कक्षा शुरु गरेको छ ।

कोरोना भाइरस ( कोभिड १९) का पढाई अवरुद्ध भएका बेला जिभिएने आफ्ना विद्यार्थीहरुलाई पढाईको बैकिल्प उपाय सहित पढाउन शुरु गरेको कलेजका सिइओ गणेश भण्डारीले बताए ।

कक्षा ११ र १२ का बिद्यार्थीका लागि घरमै बसेर इन्टरनेट मार्फत जुम प्रविधिबाट पढाउने काम भइरहेको छ ।


यसले बिद्यार्थीलाई लकडाउनका समयमा समेत व्यस्त बनाइरहेको भण्डारीले जानकारी दिएका छन् ।

भर्जुअल अर्थात अनलाइन बिधिबाट पढाईको अनुभव बिद्यार्थीले पहिलो पटक लिएका छन् ।

उनीहरुले नयाँ प्रविधिको प्रयोगलाई स्वागत गर्दै अरुलाई पनि जोडिन आग्रह गरे ।

प्रकाशित मितिः     3:15:58 PM  |