राहत प्याकेज घोषणा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघको माग , यस्ता छन् अन्य निर्णय


नेपालगन्ज १७ बैशाख :  नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस (कोभिड–१९ )का कारण उद्योगी, व्यवसायमा पर्न गएको प्रभावलाई मध्यनजर गर्दै राहत प्याकेजको घोषणा गर्न सरकारसंग माग गरेको छ । अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षमा बुधवार बसेको संघको बैठकले क्षतीको आधारमा बर्गीकरण गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

संघको बैठकले बन्द भएका उद्योग र व्यवसायिक फर्महरुलाई बन्दाबन्दी (लकडाउन)को समयमा हुन आउने २०७६ चैत्र महिना देखि २०७७ अषाढ मसान्त सम्म बैंक ब्याज मिनाहा गर्नुपर्ने, ऋण लिएका उद्योगी, व्यवसायीहरुलाई कम्तीमा पनि तिस प्रतिशत ९३०५० पुर्नकर्जा व्यवस्था गर्नुपर्ने र किस्ताको रुपमा चल्ने सम्पूर्ण ऋणलाई व्यवसायीको माग अनुसार पुर्नतालिकिकरण गर्न माग गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्धारा प्रेषित बिज्ञप्तीमा उल्लेख छ ।

संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, साना व्यवसायीहरुलाई लक्षित गरी आर्थिक वर्ष २०७६।०७७ को आयकरमा पचास प्रतिशत ९५०५० छुट दिनुपर्ने, स्थानिय निकायले लिने व्यवसायिक करमा पचास प्रतिशत ९५०५० र घर बहाल करमा शत प्रतिशत ९१००५० छुट दिन माग गरिएको छ ।

त्यस्तै विद्युत कार्यालयले उद्योगहरुमा डिमाण्ड शुल्क वापत लिने शुल्कमा शत प्रतिशत (१००%) र आम नागरिकको हकमा पचास प्रतिशत (५०%) मिनाहा गर्न सरकारसँग माग गरिएको छ ।

धामीका अनुसार, बन्द रहेका अत्यावश्यकीय र उत्पादनमुलक उद्योगहरु छिटो भन्दा छिटो सञ्चालन गराउन सरकारको तर्पmबाट सहज वातावरण मिलाउनुपर्ने र उद्योगी, व्यवसायीहरुले त्यसका लागि आवश्यक सतर्कता अपनाउने, उद्योग, व्यवसायहरुमा रहेका कर्मचारीहरुको तलबको व्यवस्थापनका लागि सम्बन्धीत उद्योगी, व्यवसायीहरुको तर्पmबाट पच्चास प्रतिशत (५०%) र बाँकी पचास प्रतिशत (५०%) सरकारको तर्पmबाट अनुदान दिन माग गर्ने निर्णय गरिएको छ ।

संघले खुल्ला सिमाका कारण कोरोना भाइरस भित्रिन सक्ने उच्च जोखिम यथावत भएको भन्दै कृषि उत्पादन र अन्य स्वदेशी उत्पादनलाई बढावा दिने गरि सम्बन्धित निकायहरुले उत्पादन, बजारीकरण, ढुवानी र आपूर्ति व्यवस्थालाई सहज बनाउदै लैजानुपर्ने र हालकै अवस्थामा सिमा नाका अझ कडाईका साथ बन्द गर्नका लागि दबाव दिने भएको छ ।

लकडाउन हुँदा व्यवसायीहरुले आप्mनो व्यापार, व्यवसाय बन्द गरि सम्पूर्ण कारोबार ठप्प भएको हुँदा कठिन परिस्थितीमा पनि घरभाडा छुट गर्नुहुने त्यस्ता घरधनीलाई संघले हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएको छ । साथै अन्य घरधनीलाई घरभाडा मिनाहा गरी अहिलेको असहज परिस्थिीतीप्रति साथ र समर्थन जनाइदिनु हुन हार्दिक अनुरोध गरेको छ । संघले घरभाडा मिनाह गर्ने घरधनीलाई सरकारसंग करहरु छुट गर्न माग गरेको छ ।

हाल बजारमा कतिपय ठाउँमा बजारमूल्य भन्दा अतिरिक्त दरमा बस्तुहरु बिक्री गरेका गुनासाहरु आइ रहेको भन्दै संघले उद्योगी, व्यवसायीलाई अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री वितरण नगर्न, नगराउनु हुनका साथै कहि, कतै, कसैले गरेको प्रमाणित भएको पाईएमा सम्बन्धित निकायबाट हुने कारवाही गर्दा त्यसपछि पूर्ण समर्थन रहने जनाएको छ ।

संघको मुख्य आयोजना तथा किराना तथा खाद्य व्यवसाय संघ, बाँकेको सहकार्यमा सञ्चालित घुम्ती सेवाको पहिलो चरणको समापन भएको र सो घुम्ती सेवामा जिम्मेवारी लिने संघका कोषाध्यक्ष लगायत पदाधिकारी, कार्यसमिति सदस्यहरु र किराना तथा खाद्य व्यवसाय संघ, बाँके संघले प्रति आभार तथा धन्यवाद प्रकट गरेको छ ।

प्रकाशित मितिः     १७ बैशाख २०७७, बुधबार १७:०१  |