क्वारेन्टाइनमा रहेकालाई तरुण दल गुर्भाकोटले निःशुल्क भोजन गरायो, सहयोगका लागि अपील


नेपालगन्ज १८ बैशाख : विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका नियन्त्रण गर्न सुर्खेत जिल्लाको गुर्भाकोट ८ मेहेलकुना स्थित सिटिहलको क्वारेन्टाईनमा रहेका नागरिकलाई तरुण दल गुर्भाकोटले निःशुल्क खाना वितरण गरेको छ ।

गुर्भाकोट नगरपालिकाले उक्त क्वारेन्टाइन सन्चालन गरिरहेको छ । सोही ठाउँमा रहेका बिभिन्न ठाउँका मानिसहरुलाई तरुण दल आवद्ध युवाहरुले आफै खाना पकाएर खुवाएका हुन ।

उनीहरुले देश बिदेशमा रहेका शुभचिन्तकहरुलाई सहयोग गर्न आह्वान समेत गरेका छन् । सहयोग गर्न चाहानेहरुले निम्न व्यक्तिहरुलाई सहयोग गर्न सक्छन् ।
रमेश गुरूङ्ग – ९८५८०२९९२९, ९८२५५०५९२९
समीर रेग्मी – ९८१२५२७०७७, ९८४४८०९०६१
नविन सुनार – ९८१६५४४९६७, ९८६३१५४९९९
खगेन्द्र माझी – ९८४८१४०२८८

प्रकाशित मितिः     १८ बैशाख २०७७, बिहीबार २०:४०  |