कालिगडलाई बाँके सुनचाँदी व्यवसायी संघको राहत सहयोग


नेपालगन्ज १८ बैशाख : विश्व भरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण समस्यामा परेकाहरुलाई बाँके सुन चाँदी तथा गहना व्यवसायी संघ,कोहलपुरले सुनचाँदी कालिगडहरुलाई राहत सहयोग गरेको छ ।

बिहिवार कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कर्ण बहादुर थापाको उपस्थितिमा बाँके जिल्लाका सुनचाँदी कालिगडहरू लाई राहत वितरण गरिएको अध्यक्ष बुद्धि दियालीले जानकारी दिए । उनले समस्यामा परेकालाई सहयोग भएको बताएका छन् ।

प्रकाशित मितिः     १८ बैशाख २०७७, बिहीबार १९:२१  |