नेपालगन्जमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि


बाँके १९ बैशाख : प्रदेश नं. ५ मा कोरोना संक्रमित भेटिएका छन् । प्रदेशको मुख्य शहर नेपालगन्जमा एक जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टि गरेको छ  । रुपन्देहीका अर्का एक व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएको छ । सात मध्ये प्रदेश नं. ५ र कर्णाली प्रदेशमा हालसम्म कुनै संक्रमित भेटिएका थिएनन् ।

नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलन मध्ये एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
धार्मिक संस्थामा बस्नेको स्वाब रिर्पोट पोजेटिभ आएपछि ती व्यक्तिलाई खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । कोरोना संक्रमित भएकाहरु भारतबाट फर्किएका हुन वा स्थानीय हुन भन्ने खोजि भइरहेको छ ।

नेपालगन्जका उपप्रमुख उमा थापामगरले आफ्नो ट्वीट मार्फत नेपालगन्जमा कोरोना भित्रिएको संकेत गर्दै सामासजक सन्जालमा पोष्ट गरेकी छन् । कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवारदेखि लकडाउनलाई कडाई गरेको छ । बिहान दश बजेपछि औषधीजन्य पसल बाहेक सबै पसल बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित मितिः     १९ बैशाख २०७७, शुक्रबार १४:३३  |