नेपालगन्ज २१ बैशाख : नेपालगन्जमा कोरेना संक्रमित भेटिएका ६० वार्षिय पुरुषको सम्पर्कमा रहेका परिवारिक सदस्यदेखि विद्यार्थीसम्मको स्वाब परीक्षण भइरहेको छ ।
ती व्यक्ति महेन्द्रपार्कस्थित इस्लामिया फैजुल इलम मदर्साका शिक्षक रहेका खुलेको थियो । त्यहाँ बालबालिकालाई उर्दू भाषामार्फत धार्मिक शिक्षा दिने गर्थे उनी।
नेपालगन्ज उपमहानगरपालिका–६, डिएसपी रोड घर भएका उनको परिवारमा पत्नी, ५ छोरा र एक छोरी छन्। उनी भारतको बहराइचस्थित निविया हस्पिटलमा बाबुको उपचार गरेर एक महिनाअघि घर फर्केका थिए।
त्यसपछि उनले मदरसमा बालबालिकालाई पढाउने र मस्जिदमा काम गर्दै आएका थिए। भारतबाट आउने बित्तिकै उनले मदर्सामा बालबालिकालाई धार्मिक शिक्षा पढाउन सुरु गरे।
मुस्लिम आयोगको समन्वयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले मस्जिदबाट लगेर स्वाब संकलन गरेको थियो। एकलैनीस्थित फूलबारी मस्जिदमा स्वाब संकलन गरी भेरी अस्पतालको आरटी–पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा उनमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो।
संक्रमित व्यक्तिके ६ जना परिवार, बाँकी उनले पढाउने विद्यार्थी र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी परीक्षणको काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताएका छन् । उनले रात दिन परीक्षणको काम भइरहेकाले आज साँझ वा भोलीसम्म पहिलो चरणको रिर्पोट आइसक्ने जानकारी दिएका छन् ।