नेपालगन्ज २१ बैशाख : कोरोना संक्रमण बिरुद्धको अभियानमा बिभिन्न व्यक्ति तथा संस्थाको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकालाई रु ७३ लाख १७ हजार ६ सय ६० रुपैया रकम प्राप्त भएको छ ।
उपमेयर उमा थापामगरले आमनागरिकले थाहा पाउने गरी सामाजिक सन्जाल मार्फत हालसम्म प्राप्त रकम सार्वजनिक गरेकी छन् । उनले सहयोगीदातालाई धन्यवाद दिदै उक्त रकम पारदर्शीरुपमा सदुपयोग हुने प्रष्ट पारेकी छन् । हेर्नुहोस् सहयोग गर्नेहरु-