नेपालगन्जमा १५ जना संक्रमित बढे, निरास नबन्न र उच्च सावधानी अपनाउन मेयरको आग्रह


बाँके २१ बैशाख :  नेपालगन्जमा आईतवार एकै दिन नेपालगन्जमा मात्र १५ जना संक्रमित भेटिए । यसअघि नेपालगन्जमै एक जना संक्रमित भेटिएका थिए ।

उनकै सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा अन्यमा कोरोना संक्रमण भेटिएको बताइएपछि आधिकारिक निकायले सार्वजनिकरुपमा पुष्टि गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आईतबार दिउँसो ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गरेको थियो । साँझ मन्त्रालयले प्रेस बिज्ञप्ती जारी गरी थप ६ जनामा कोरोना पुष्टि जनाएको छ ।

मन्त्रालयका अनुसार भेरी अन्चल अस्पतालमा गरिएको स्वाब परीक्षणबाट उनीहरुमा कोरोना भएको पुष्टि भएको हो ।

मदरसामा पढाउने ६० वर्षिय पहिलो कोरोना संक्रमित भेटिएसगैं बाँके प्रशासनले संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९० जना

ब्यक्तिहरुको शनिबार स्वाब संकलन गरेको थियो ।

ती मध्ये ६ जना पहिलो संक्रमितको परिवारका सदस्य थिए भने अन्य उनले पढाउने बिद्यार्थी । आईतवार संक्रमित भेटिएकाहरु यिनै मध्येका हुन । थप स्वाबको रिर्पोट आउन बाँकी रहेकाले संख्या बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गरेका छन् । नगर प्रमुख राणाले आईतबार विज्ञप्ती जारी गरि अहिलेको अवस्थामा आम नगरबासीलाई धैर्यधारण गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गर्न आग्रह गरे ।

जोखिमपूर्ण घडिमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख राणाले आम नगरबासीमा थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गरे ।

नगरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, भेरी अस्पताल र स्थानीय प्रहरी प्रशासन बढि भन्दा बढि परीक्षणमा जुटेको जानकारी दिदै नगर प्रमुख राणाले नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गरे ।

नगर प्रमुख राणाले आईतबार विज्ञप्ती जारी गरि अहिलेको अवस्थामा आम नगरबासीलाई धैर्यधारण गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरे । जोखिमपूर्ण घडिमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख राणाले आम नगरबासीमा थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गरे ।

नगरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, भेरी अस्पताल र स्थानीय प्रहरी प्रशासन बढि भन्दा बढि परीक्षणमा जुटेको जानकारी दिदै नगर प्रमुख राणाले कन्टयाक्ट ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भईरहेको सार्वजनिक गरे ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आईसुलेसनमा संक्रमितको उपचार भईरहेको भन्दै उनले कोरोना विरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको बताए ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आईसुलेसनमा संक्रमितको उपचार भईरहेको भन्दै उनले कोरोना विरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको बताए ।

प्रकाशित मितिः     २१ बैशाख २०७७, आईतवार २०:२४  |