भ्रामक र समुदाय बिशेष बिरुद्ध सूचना सम्प्रेशन गर्ने खोज्दै बाँके प्रहरी


नेपालगन्ज २२ बैशाख : नेपालगन्जमा १६ जना कोरोना संक्रमित भेटिएपछि सामाजिक सन्जाल र अन्य माध्यममा बिभिन्न अफवाह फैलाइरहेको प्रति बाँके प्रहरीले कडा निगरानी शुरु गरेको छ ।

कोरोना संक्रमितका विषयमा गलत सूचना सम्प्रेशन नगर्न र कुनै जाती, धर्म र सम्प्रदाय बिरुद्ध काम गर्नेलाई कानूनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट डिएसपी शिवबहादुर सिंहले जारी गरेको सूचनामा स्पष्ट पारिएको छ । प्रहरीले यस्तो कार्य गर्नेको खोजि गरिरहेको जनाएको छ । हेर्नुहोस् सूचना-

प्रकाशित मितिः     २२ बैशाख २०७७, सोमबार ११:४१  |