सुर्खेत(बिरेन्द्रनगर) २२ बैशाख : नेपालगन्जमा कोरोना संक्रमित फेला परेपछि कर्णाली प्रदेशका सबै सिमा नाकाहरु सात दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ ।
मुख्यमन्त्रीको महेन्द्र बहादुर शाहीको अध्यक्षतामा सोमवार बसेको कर्णाली प्रदेश बिपद् व्यवस्थापन केन्द्रको बैठकले सिमा नाका पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नेपालगन्जमा कोरोना संक्रमण फेला परेपछि त्यसको प्रत्यक्ष असर कर्णाली प्रदेशमा पर्न सक्ने आकलन गर्दै यहाँ सतर्कता अपनाइएको हो ।
नेपालगन्ज नाका हुँदै नेपाल भित्रिएकालाई कर्णाली प्रदेश सरकारकै निर्देशन घर भित्रा्एको भन्दै अर्को आलोचना भइरहेका बेला कडाईको नीति ल्याइएको हो ।
सोमबार बसेको बैठकले प्रदेशको २५ स्थानमा बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ । यसरी चिकित्सक पठाउँमा परीक्षणको दायरा फराकिलो हुने बिश्वास गरिएको छ ।