ठाकुरबाबा नगरपालिकाद्धारा कक्षा ५ र ८ को नतिजा प्रकाशन


बर्दिया २३ बैशाख : ठाकुरबाबा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले शैक्षिक सत्र २०७६ काे नगरपालिका स्तरीय अाधारभुत तह कक्षा ५ र ८ काे नतिजा प्रकाशन गरेको छ।

ठाकुरबाबा नगर परीक्षा वाेर्डकाे बैशाख २२ गतेकाे निर्णयानुसार कक्षा ८ र २३ गतेकाे निर्णयानुसार कक्षा ५ काे नतिजा प्रकाशन गरिएको शिक्षा शाखाले जनाएको छ । २०७६ फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म संचालित परिक्षामा कक्षा ८ संचालन भएका ठाकुरबाबा नगरपालिका अन्तरगतका १४ वटा सामुदायिक र १० वटा संस्थागत गरि २४ विद्यालयका ११६६ जना विद्यार्थी सम्मिलित भएकोमा ९४० विद्यार्थी अर्थात ८०.६२ प्रतिशत उत्तीर्ण भएकाे शिक्षा शाखा अधिकृत सीता भण्डारीले जानकारी गराउनु भएको छ ।

यसैगरी कक्षा ५ संचालन भएका २१ सामुदायिक र १२ वटा संस्थागत गरि ३३ वटा विद्यालयका १०४३ जना विद्यार्थी परिक्षामा सम्मिलित भएकोमा ९०० जना विद्यार्थी अर्थात ८६.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रकाशित नतिजा अनुसार कक्षा ८ काे परिक्षामा सामुदायिक विद्यालय श्री जनता अाधारभुत विद्यालय, तुल्सीपुर र श्री शिवसुन्दर अाधारभुत विद्यालय,सुन्दरपुरका सतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । परीक्षामा तुल्सीपुरबाट ४४ जना र सुन्दरपुरबाट १७ जना विद्यार्थी परिक्षामा सम्मिलित भएका थिए ।

यसैगरी संस्थागत विद्यालय तर्फ कर्णाली अावासिय मा वि, रामजानकी मा वि,बर्दिया एजुकेसन एकेडेमी,एल न्यू व्राईट फ्यूचर एकेडेमी,विशाल दिपज्याेति,अाेम अादर्श ,भेरी पव्लिक स्कुल, बकुवाबाट सतप्रतिशत विद्यार्थीहरू कक्षा ८ मा उत्तीर्ण भएका छन् । यस्तै कक्षा ५ काे परिक्षामा सामुदायिक तर्फ दुर्गा जनज्योति प्रा वि पेरहनी,काैशल्यस्वरी प्रा वि खुशालपुर,सूर्याेदय प्रा वि सुखाड र प्रा वि खैलारबाट सतप्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।

यसैगरी संस्थागत विद्यालयतर्फ भेरिपव्लिक शिक्षालय, रामजानकी, बर्दिया एजुकेसन,बिशाल दिपज्याेति,जयलर्ड,भेरि पव्लिक वकुवा, अाेमअादर्श,नेशनल एकेडेमी र अाेमदिप वाेर्डिङवाट सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । प्रकाशित नतिजा अनुसार ठाकुरबाबा नगरस्तरीय परिक्षामा कक्षा ८ मा त्रिभुवन मा वि भुरिगाऊँका चन्द्रप्रकाश खनाल र भेरी पव्लिक शिक्षालय भुरिगाऊँका साेभित देवकोटाले सर्वाधिक ३.९१ GPA प्राप्त गरेकाे शिक्षा शाखा अधिकृत सीता भण्डारीले जानकारी गराउनु भएको छ ।

विश्वव्यापी रूपमा फैलिएको महामारी काेराेना भाईरस (covid-19) का कारण २०७६ चैत्र ५ गते नैं परीक्षा सम्पन्न भएतापनि देशमा गरिएको लकडाउनका कारण समयमा उत्तरपुस्तिका परिक्षण गर्न कठिनाइ भएका कारणले नतिजा प्रकाशनमा ढिलाइ भएको शिक्षा अधिकृत भण्डारीले जानकारी गराउनु भएको छ ।

देशमा काेराेना भाईरसकाे संक्रमण बढेसंगै लकडाउन लम्बिदैं गएपछि नगरपालिका अन्तरगतका विद्यालयका प्रधानाध्यापक मार्फत विषय शिक्षकहरूसम्म उत्तरपुस्तिका पुर्याई उत्तरपुस्तिका परिक्षण गरि नतिजा प्रकाशन गरिएको शिक्षा शाखा अधिकृत भण्डारीले जानकारी गराउनु भएको छ ।

प्रकाशित मितिः     २३ बैशाख २०७७, मंगलवार १८:५४  |