आइसोलेशनका कारण त्रसित हुनु पर्दैन, अफवाह नफैलाऔं-किस्मत कक्षपति


नेपालगन्ज २३ बैशाख ः खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना बिशेष अस्पतालका रुपमा प्रयोग गरिएको छ ।

नेपालगन्जमा देखिएका २३ जना कोरोना संक्रमितलाई सोही अस्पतालमा भर्ना गरिएपछि खजुरामा केहीले संक्रमण जोखिमका बारेमा प्रश्न उठाएपछि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको ध्यानार्कषण भएको छ ।

कक्षपतिले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा खानपान बसाई, सरसफार्इको ब्यबस्थापन ब्यबस्थित भएको बताएका छन् । अस्पतालमा पोजेटिभ केस आउदैमा त्रसित नहुन आग्रह गरेका छन् ।

उनले सामाजिक सन्जालमा अनाधिकार खबरहरु पनि पोस्ट नगर्न नगराउन अनुरोध गर्दै लक डाउन लाई पुर्ण रुपमा पालन गर्दै कोभिड १९ विरुद्धको लडाइमा आएकमना एकताका साथ अगाडि बढन आग्रह गरेका छन् ।

प्रकाशित मितिः     २३ बैशाख २०७७, मंगलवार १३:३८  |