नेपालगन्ज २४ बैशाख : भेरी अस्पताल नेपालगन्जले कोरोना ( कोभिड -१९) को परीक्षणमा कुनै सन्देह नगर्न अपील गरेको छ ।
कोरोना संक्रमितको पोजिटिभ रिर्पोटका बिषयमा अनावश्यकरुपमा आशंका बढाउने काम भएपछि अस्पतालले त्यस्तो सन्देह गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ ।
अस्पतालले बुधवार कोरोना परिक्षणको निम्ति थ्रोट स्वाब लिएर गरिने जाँचमा बिश्वस्तरिय मेसिनमा प्रयोग गरिएको, निश्चित प्रकृया र मापदण्ड अनुसार गरिएको जनाएको छ ।
बिश्वसनियता यकिन गरेरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस प्रयोगशालालाई भेरिफिकेसन सेन्टरको मान्यता दिएको अस्पतालले स्पष्ट पारेको छ ।
परीक्षणको नतिजामा कुनै सन्देह नराख्नुहुन सबैलाई अनुरोध गरेको अस्पतालले केहि स्याम्पलहरुलाई रेफरेन्स ल्याबमा पठाउने कार्य प्रोटोकलमा नै हुने गरेको र सो को बारेमा अस्पताल सचेत रहेको जनाएको छ ।
हेर्नुहोस् अस्पतालको सूचना-
भेरी अस्पतालमा कोरोना परिक्षणको निम्ति थ्रोट स्वाब लिएर गरिने RTPCR जाँच बिश्वस्तरिय मेसिन (Qiagen Rotor-Gene Q) मा नेपाल सरकारले प्रदान गर्ने Extraction Kit र Reagents प्रयोग गरेर, निश्चित प्रकृया र मापदण्ड अनुसार गरिन्छ ।बिश्वसनियता यकिन गरेरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस प्रयोगशालालाई भेरिफिकेसन सेन्टरको मान्यता दिएको हो । अत: PCR टेस्टको नतिजामा कुनै सन्देह नराख्नुहुन हामी सबैलाई अनुरोध गर्छौं ।
Quality Assurance को निम्ति केहि स्याम्पलहरुलाई रेफरेन्स ल्याबमा पठाउने कार्य प्रोटोकलमा नै हुने गर्छ र सो को बारेमा अस्पताल सचेत छ ।