प्रदेश ५ मा स्थानीय श्रमिक प्रयोग गरेर निर्माण र उत्पादनका उद्योग खोल्न दिइने


नेपालगन्ज २४ बैशाख : प्रदेश नं. ५ मा स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालन गर्न दिइने भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यका लागि लागि प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गर्ने भएका छन् ।

अदक्ष र अर्धदक्ष कामदारका हकमा सम्वन्धित पालिका भित्रकै श्रमिकहरुलाई उपयोग गर्ने र दक्ष कामदारका हकमा प्रदेश भित्रबाट उपलब्ध गराउन सकिने निर्णय भएको छ । यसका लागि पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमति दिने ब्यबस्था मिलाउने छन् ।

बैठकले विकास निर्माणसँग सम्वन्धित निर्माण सामग्रीहरुको ढुवानी व्यवस्थाका, कृषकहरुका लागि आवश्यक बिउ आयात गर्नका लागि सम्वन्धित पालिकाहरुको सिफारिसमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहजीकरण गरी सहजै उपलब्ध हुने व्यवस्था मिलाउने निर्णय भएको छ ।

प्रकाशित मितिः     २४ बैशाख २०७७, बुधबार २०:२१  |