सुर्खेत २५ बैशाख : दिवंगत आमाको सम्झनामा स्वास्थ्यकर्मी किरण ओलीले गुर्भाकोट नगरपालिकालाई कोरना रोकथाम कोषमा रु २५ हजार ५ जम्मा गरेका छन् ।
मेयर हस्तबहादुर पुनलाई ओलीले बिहिवार उक्त रकम हस्तान्तरण गरेका हुन ।
स्वर्गीय आमा गौरीदेवी ओलीको सम्झनामा उक्त रकम कोरना बिरुद्धको कोषमा जम्मा गर्ने ओली गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाका संयोजक हुन भने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष हुन ।
आमाको सम्झनामा ओलीले यस्तै पुन्य काम गर्दै आएका छन् ।
सहयोग रकम बराबरको चेक बुझ्दै मेयर पुनले कोरोना बिरुद्धको अभियानमा साथ दिने सबैलाई धन्यवाद दिदै थप सहयोगका लागि अपिल समेत गरेका छन् ।