सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा जस्तापाता सहयोग


नेपालगन्ज २५ बैशाख : नेपालन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरीलाई १० बन्डल जस्तापाता हस्तान्तरण गरेको छ ।

बाँकेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जस्तापाता हस्तान्तरण गरेका हुन ।

सीमा सुरक्षामा दिन रात नभनी खटिएका प्रहरीलाई डिउटीमा समस्या नहोस् भनेर क्याम्प निर्माणका लागि सानो सहयोग गरिएको अध्यक्ष मन्सुरीले बताए ।

उनले संघको बिपद् कोष मार्फत बिभिन्न सहायता प्रदान गरिरहेको जानकारी समेत दिएका छन् ।

साथै संघले बनाएको बिपद् कोषमा सहयोग गर्ने क्रम जारी रहेको छ ।

जस अनुसार बिहिवार कोषमा अध्यक्ष मन्सुरीले ७ हजार ५, पूर्व महासचिव बिष्णु लामिछानेले ९ हजार, व्यवसायी एवं समाजसेवी मुन्ना मन्सुरीले ७ हजार ५, व्यवसायी रामकुमार राठौरले ७ हजार ५ सय र व्यवसायी उपकार टण्डनले सात हजार ५ सय सहयोग गरेका थिए ।

जस्तापाता सहयोग गरेकोमा सशस्त्र प्रहरीले संघलाई धन्यवाद दिएको छ । अस्थायी पोष्टमा कष्टकर तरिकाले डिउटी गरिरहेका सशस्त्र प्रहरीलाई पक्की संरचना निर्माणका लागि जस्तापाता सहयोगी सावित हुने छ ।

अध्यक्ष मन्सुरी संघको कोषमा सहयोगको लागि अपील गरेका छन् ।

प्रकाशित मितिः     २५ बैशाख २०७७, बिहीबार १८:३२  |