दुध बेच्न नेपालगन्ज आएका कृषक बाटोमै रोकिए


धम्वोझीमा रोकिएका किसान : तस्विर /बिजय बर्माको फेसबुकबाट

नेपालगन्ज २६ बैशाख : नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्यो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल सञ्चालन भनिएको थियो ।

तर यो नियम गाउँ गाउँबाट दुध विक्री गर्न आएका कृषकका हकमा समेत लागु गर्दा उनीहरु मर्कामा परेका छन् । बाँकेका बिभिन्न गाउँबाट साइकलमा दुध विक्री गर्न आएका कृषकलाई प्रहरीले विभिन्न ठाउँमा रोकेको छ ।

प्रकाशित मितिः     २६ बैशाख २०७७, शुक्रबार ०७:५४  |