नेपालगन्जमा थप एक जनामा देखियो कोरोना


नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेकोछ । गत वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगन्जका ६० वर्षीय एक बृद्धमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै आईतबार दिउँसो ६ जना र बेलुका ९ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि पुनः ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ बाँकेमा २३ पुगेको थियो ।

आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताएकाछन् । योसगैं नेपालगन्जमा कोरोना संक्रमितको संख्या आज शुक्रबारसम्म २४ पुगेको छ ।

आज कोरोना संक्रमित भएको पुष्टि हुने १६ वर्षीय बालक हुन ।

प्रकाशित मितिः     २६ बैशाख २०७७, शुक्रबार १६:४१  |