कोरोना रोक्न लकडाउन किन आवश्यक ? थाहा पाउनुहोस्


 

 

  • अंकित कुमार सिंह,

जीवशास्त्री महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज ,बाँके।

कोरोना भाईरस बाट बच्ने उपायहरु ।कोरोना भाइरस एउटा बिषाणु हो, जसले मानिसमा श्वास प्रश्वासको रोग लगाउँछ । यो रोग चीनको वुहान शाहरबाट डिसम्बर २०१९ मा फैलिएर अहिले पुरै बिश्वमा पुगेको अवस्था छ । बिश्वभरी फैलिएपछि यो रोगलाई एबलमझष्अ अर्थात महामारी भनिएको हो । कोभिड–१९ मानिसबाट मानिसमा सर्ने रोग हो, जसले मानिसमा सामान्य रुघाखोकी देखि निमोनिया जस्तो संक्रमण गराउँछ । संरचनात्मक हेर्दा यसको चारैतिर प्रोटिन स्पाइक्स (किला जस्तो) जो कि क्राउनमा देखिने भएकोले यसको नाम कोरोना भाइरस परेको छ । कोभिड–१९ नयाँ प्रजातिको भाइरस हो।

कोभिड–१९ का केहि लक्षणहरु निम्न प्रकार रहेका छन् ।

१.रुघाखोकी, हाछ्यु आउने ।

२ .स्वास फेर्न गाह्रो हुने ।.

३. ज्वरो आउने (१०४ºा भन्दा माथि) .

४. यो सामान्य लक्षणदेखि तीब्र स्वास प्रस्वाससम्म गराउन सक्दछ ।

यो लक्षण देखापरेको अवस्थामा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउने।

कोरोना भाईरस बाट बच्ने उपायहरुमा सामाजिक दुरी,लकडाउन, क्वारेन्टाइन ,आईसोलेसन ,हाथ धुने र माक्स प्रयोग निक्कै नै उपयुक्त बचाव हो।

१.

सामाजिक दुरी भनेको के हो ?

एक ब्यक्ति र अर्को ब्यक्ति बिचको दुरी नै सामाजिक दुरी हो अर्थात सामाजिक दुरी भनेको भौतिक दुरी हो । सामाजिक दुरी कायम गर्नलाई कुनै पनि भीडभाड भएको ठाउँमा मा नजाने र भीडभाड हुने कुनै पनि प्रकारको कार्य हरु गर्नु हुँदैन। कुनै आपातकालीन आवस्थामा अवथा अति आवश्यक काम भएकोले बहिर निस्किन्दा एउटा व्यक्ति बाट अर्को व्यक्तिमा कम्तीमा ६ फिट दुरी कायम गर्नु पर्छ ।

किन आवश्यक‌?

सामाजिक दुरी कुनै पनि सरुवा रोग बाट बच्ने निकै सजिलो उपाय हो।

२.

लकडाउन भनेको के हो ?

कुनै पनि संक्रमण फैलिनबाट रोक्न लाई प्रँशासनको तर्फबाट मानिस लाई बहिर निस्किनबाट बन्देज लगाउन प्रक्रिया लाई लकडाउन भनिन्छ। लकडाउनमा अतिआवश्यक कामबाहेक कसैले पनि घरबाट बाहिर निस्कन पाउँदैन। लकडाउनमा सबै सार्वजनिक स्थल,निजी प्रतिष्ठान, निजी कार्यलय एवं सबै प्रकारका यातायात पूर्णरुपले बन्द गरिन्छ। यसमा कुनै पनि आपतकालिन अथवा अति आवश्यक बाहेक सबै यातायात,नाका पूर्ण रूपमा बन्द गरिन्छ।

किन आवश्यक?

लकडाउन गर्ने मुख्य कारण भीडभाड न हुनदिने ।

३. क्वारेन्टाइन भनेको के हो ?

क्वारेन्टाइन भनेको संक्रामक रोगको प्रसारलाई रोक्नको लागि कुनै पनि मानिसलाई केही समयको लागि अलग्गै राख्ने प्रक्रिया हो। विदेश अथवा कुनै पनि संक्रमित ठाउँबाट आएको मान्छे लाई १४ दिन सम्म सामुहिक वा व्यक्तिगत रुपमा स्वस्थकर्मीहरु को विशेष निगरानीमा राखिन्छ।क्वारेन्टाइनमा राखिएको व्यक्तीलाई रोग लागेको पुष्टि भएमा आइसोलेनमा पठाइन छ भने रोग नलागेको खण्डमा क्वारेन्टाइनबाट बाहिर निकालिन्छ ।

किन आवश्यक?

१४ दिनमा कुनै पनि व्यक्ति को लक्षण देखिने सम्भावना बढी हुन्छ।
४. आइसोलेसन भनेको के हो ?

यदि कुनै व्यक्तिमा संक्रमण भएको प्रमाणित भइसकेको अवस्थामा वा मिल्दो जुल्दो लक्षण देखिएकोमा संक्रमित व्यक्तीलाई चिकित्सकको बिशेष निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ । यो समयमा बिरामीलाई देखिएको लक्षण÷रोगको उपचार हुन्छ । आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ र उपचार गरिन्छ । यसबाट थप मानिसलाई रोग लाग्नबाट बचाउन सकिन्छ । सेल्फ आइसोलेसन पनि बस्न सँकिन्छ। सेल्फ आइसोलेसन घरमै परिवार सँग दुरी कायम गरेर एक्लै बस्न सँकिन्छ र यो निकै उपयोगी हुन्छ।

किन आवश्यक?

एक व्यक्ति बाट अर्कोमा रोग सर्न बाट बचाउनको लागि।

५. कुनै अतिआवश्यक कामले बाहिर जान्दा मास्क प्रयोग गर्ने।

किन आवश्यकस् मास्क को प्रयोग साधारण मान्छे लाई घरमा धेरै आवश्यक न भएपनि बाहिर जाँदा प्रयोग गर्दा आँफू सुरक्षित रहन सकिन्छ। मास्क को प्रयोग साधारण मान्छे भन्दा पनि स्वास्थ्य कर्मी र सुरक्षा कर्मीले हरुलाई बढी आवश्यक हुन्छ।

६.साबुन पानीले मिचिमिची हाथ धुने।

किन आवश्यकस् साबुन पानीले हात धुने मुख्य कारण भनेको रोग लाग्नबाट बचाउन हो । कोरोना भाईरस हाथ बाट मुख र नाक हुन्दैन सर्न सक्छ।

७. रोग सँग लड्ने क्षमता बढाउने खाना र फलफूल खाने । भिटामिन सी भएको फलफूल र तरकारी खाने।

८. नियमित योगा र व्यायाम गर्दा रोग सँग लड्ने क्षमता बढ्छ।

घरमा बसौं, सुरक्षित रहौं।

प्रकाशित मितिः     २७ बैशाख २०७७, शनिबार ०८:२७  |