सुर्खेत २७ बैशाख : गुर्भाकोट नगरपालिकाले सन्चालन गरेको क्वारेन्टाइनमा बसोबास गर्ने नागरिकको भोजनका लागि पूर्व माननीय स्वर्गीय चन्द्र बुढामगर र आमा कलि बुढामगरको सम्झनामा उनका छोरा र नातीहरुले आर्थिक सहयोग गरेका छन् ।
नेपाल तरूण दल गुर्भाकोटले बैशाख १८ गते देखि निः शुल्क भोजन खुवाउने कार्यक्रम गरिरहेकोमा उक्त कार्यलाई सफल बनाउन स्वर्गी बुढाका छोरा नारायण बुढामगर, नाती युवराज वि.सी, रुकुम बिसीले रु २५ हजार १ सय ५५ रकम सहयोग गरेका छन् ।
पूर्वी सुर्खेतको उदयमा चन्द्र बुढाको भूमिका अति महत्वपूर्ण रहेको छ । साविकको मेहलकुना र मैनतडामा उनैले बस्ती बसालेका थिए । त्यसका लागि उनले जेल नेत समेत भोगेका थिए । जनताका प्रिय नेताकोे छबी बनाएका चन्द्र बुढा राष्ट्रिय पन्चायत सदस्य समेत भइसकेका थिए । २०३७ साल, २०४३ सालको राष्ट्रिय पन्चायत सदस्यको चुनावमा २६ जना को धरौटी जफत गरी उनी बिजयी भएका थिए ।
अहिले उनकै सन्तानले बिपद्का बेला सहयोगको हात बढाएका छन् । नेपाल तरूणदल गुर्भाकोटले संचालन गरेको लाई सफल ,निरन्तर गर्नका लागि सहयोग गरेका हुन ।
त्यहाँ रहेका नागरिक, कोरोना भाईरस नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पैदल यात्री तथा अलपत्र परेका व्यक्तिहरूलाई नेपाल तरूण दल गुर्भाकोटले मेहुल्कुन, बोटेचौरमा निशुल्क खाना वितरण कार्यक्रम सन्चालन गरिरहेको छ ।