नेपालगन्ज १ जेठ : प्रदेश ५ मा सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यसबाट ६० हजार बढि कृषकलाई लाभ पुग्ने छ ।
सरकारले दुध उत्पादक कृषकलाई प्रति लिटिर रु १० रुपैया अनुदान समेत दिने निर्णय गरेको छ । बिहिवार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दिने निर्णय गरेको हो ।
दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिइदै छ ।
प्रदेश ५ मा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुँदै,६० हजार बढि कृषक लाभान्वित हुने