बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण


नेपालगन्ज २ जेठ : बाँकेमा थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरि अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु नरैनापुर गाउँपालिका वडा नं. १, ३ र ५ का रहेका छन् । यसअघि बाँकेकै नेपालगन्जमा २५ जनामा कोरोना संक्रमित देखिएका थिए । योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३३ जना पुगेको छ ।

आज नै मकवानपुरमा समेत एक जनामा पुष्टि भएको छ यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मितिः     २ जेष्ठ २०७७, शुक्रबार ०८:४७  |