नेपालगन्जका बैंकमा कार्यरत कर्मचारी भन्छन्,–‘हाम्रो पनि कोरोना परीक्षण गरिदिए हुन्थ्यो’


नेपालगन्ज ३ जेठ : २५ जना कोरोना संक्रमित भएको नेपालगन्जमा सन्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारी त्रसित छन् ।

सुरक्षा उपाय बेगर कामकाजमा खटिएका कर्मचारीले कोरोना परीक्षण हुनुपर्ने आवाज उठाइरहेका छन् ।

‘सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य कामकाजमा खटिएका कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्रीको कुनै उपलब्धता भएन ।’– निजी बैंकका एकजना कर्मचारीले भने,–‘को कतिसंग भेटघाट भयो पत्तै भएन । हामीलाई त्रसित बनाएको छ ।’

नेपालगन्जका बैंक तथा वित्तीय संस्था लकडाउनको पालना गर्दै बिभिन्न समयमा सन्चालनमा रहे ।

सीमित कर्मचारी राखेर उनीहरु मार्फत नै कामकाज गराएका थिए ।

पिपिई लगायतका कुनै पनि सूविधा नहुँदा नहुँदै पनि काममा खटिएका कर्मचारी यतिबेला तनावमा छन् ।

उनीहरुले स्वास्थ्य परीक्षण हुनुपर्ने आवाज उठाइरहेका छन् ।

प्रकाशित मितिः     12:26:18 PM  |