नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ


तस्विर : पत्रकार जे पाण्डेको फेसबुकबाट

बाँके ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकाको एक स्कुलमा रहेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

स्वास्थ्य मन्त्रालयको दिउँसो गरेको पत्रकार सम्मेलन भेरी अस्पतालमा गरिएको परीक्षणमा ती युवकमा संक्रमणको पुष्टि भएको जानकारी दिइयो । संक्रमित युवकको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

बाँकेमा हालसम्म ३३ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । आईतवार बाँकेमा मृत्यु भएका युवकसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

मृतक युवक केही दिन अघि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । जहाँ ३८ जना अरु छन् । युवकको मृत्यु पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सेना, प्रहरीको बाक्लो उपस्थिती गराएको छ ।

 

प्रकाशित मितिः     ४ जेष्ठ २०७७, आईतवार १६:४२  |