क्वारेन्टाइनलाई हेलचेक्रा्इ नसम्झौं


बाँके ५ जेठ : कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालन सम्वन्धी थप निर्देशन जारी भएकै दिन बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक २५ वर्षिय युवकको मृत्यु भयो ।

मृत्यु भइसकेपछि आएको रिर्पोट अनुसार उनमा कोरोना पोजिटिभ देखिएको छ । यि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । दिपेन्द्र प्राविको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षे युवा भारतको मुम्बइबाट बैशाख ३० गते नेपाल–भारत अबैध नाकाबाट नेपाल प्रवेश भएका थिए ।

उनी लगायत ७ सय १८ बढि ब्यक्तिलाई गाउँपालिकाले बिभिन्न क्वारेन्टाइनमा राखेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताए । क्वारेन्टाइनमा राखेका मध्ये सय बढि त १४ दिनको बसाई पछि स्वास्थ्य परीक्षण गरेर घर फर्किए । तर क्वारेन्टाइनमै बसेका मध्ये ८ जनालाई जेठ २ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सूचना अधिकारी मिश्रका अनुसार, आईतवार कोरोनाका कारण मृत्यु भएका युवक बसेको क्वारेन्टाइनमा मात्र चार जनालाई संक्रमण देखिएको थियो । बाँकी छ जना अरु क्वारेन्टाइनमा बस्नेहरु थिए । जसलाई थप उपचारका लागि दाङ्गको बेलझुण्डी लगिएको थियो भने युवक आफ्नो रिर्पोट पर्खिरहेका थिए । तर रिर्पोट आउनु अघि नै राती देखि वान्ता र ज्वरोको लक्षण देखा परेपछि बिहान ती युवकको मृत्यु भयो ।

क्वारेन्टाइनमा बसेकाको मृत्यु र आठ जना संक्रमित भएपछि यसको व्यवस्थापनका विषयमा आशंका र प्रश्न उठ्न थालेको छ । मृतक युवक भारतबाटै संक्रमित भएर क्वारेन्टाइनमा आएका थिए र क्वारेन्टाइनमै रहेका अरुबाट सर्यो भन्ने अध्ययनको विषय बनेको छ ।

जिल्लादेखि पालिकासम्मका सरोकारवाला निकाय यतिबेला मृतकको शव व्यवस्थापनमा जुटेका कारण यसको उत्तर तत्कालै नआउला । तर जति ढिलाई गर्यो त्यति जटिलता थपिने भएकाले सरोकारवाला बिज्ञ समूहले यसको चित्तबुझ्दो जानकारी भने दिनुपर्ने देखिन्छ ।

भारतबाट अवैधरुपमा भित्रिने नागरिकका कारण नरैनापुर जस्ता सीमावर्ती स्थानीय तहमा मानिसको भिडभाड अत्याधिक छ । धन्य नरैनापुर गाउँपालिकाले बेलैमा १३ वटा क्वारेन्टाइन बनायो ।

जिल्लाको सबैभन्दा विकट मानिने नरैनापुरमा स्वास्थ्यको अवस्था यतिसम्म दयनिय छ की दरबन्दी भए पनि चिकित्सक भने बस्दै न थिए । बिभिन्न समस्याका बाबजुद गाउँपालिकाले स्थानीय स्कुललाई क्वारेन्टाइन बनायो । जहाँ बसेका आठ जना संक्रमित देखिए भने एक जनाको मृत्यु नै भएको छ ।

‘हाम्रो गाउँपालिकामा अझै हजार बढि नागरिक आउने सूचना पाएका छौं । उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण होला जस्तो छ ।’– सूचना अधिकारी मिश्र भन्छन् । उनका अनुसार, सुरक्षाकर्मीको उपस्थिती अझ बढाउन नसक्ने हो भने कोरोनाको संकट गहिरिन सक्छ ।

‘एकातिर मृत्युदेखि संक्रमितसम्म बढेका छन् अर्को तर्फ मानिसहरुको आवतजावत भइरहेको छ । यसलाई रोक्न सुरक्षाकर्मीको बाक्लो उपस्थिती हुनुपर्छ ।’– गाउँपालिकामा काम गर्ने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई पिपिई लगायत स्वास्थ्य सामाग्रीको अभाव छ भने एम्बुलेन्सको व्यवस्था नहुँदा मृतक युवकलाई समयमै अस्पतालसम्म लैजान नसकिएको भन्दै स्थानीय आक्रोसित बने ।

सीमावर्ती गाउँपालिका भएका कारण नरैनापुरमा संकट अझ गहिरिने आशंका स्थानीयले गरेका छन् । त्यस्तो अवस्थामा क्वारेन्टाइनको व्यवस्थापन कस्तो छ ? त्यहाँको खानपिन, सरसफाई, उठबस गर्दा सामाजिक दुरी कायम भयो की भएन ? यसको जवाफ सबैले खोजिरहेका छन् । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ मा भारतबाट आएका देशभरका ५२ जिल्लाका बासिन्दालाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

उनका अनुसार, क्वारेन्टाइनमा बस्नेको संख्या दश हजार माथि छ । मुख्यमन्त्री पोखरेलले आईतवार बिहान मात्र कोभिड–१९ रोग रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर संचालन सम्वन्धी थप निर्देशन सार्वजनिक गर्दै पालना गर्न आह्वान गरेका छन् । यस्ता निर्देशन र मापदण्ड कति क्वारेन्टाइनले पुरा गरे वा गरेनन् भन्ने घटनाक्रमले बताउँदै जाला ।

प्रदेश सरकार, स्थानीय तह र समुदायस्तरमा कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि क्वारेण्टाइन र आइसोलेसन सेण्टर स्थापना संचालन र व्यवस्थापन सम्वन्धमा देहायबमोजिम गर्ने ।
क. क्वारेण्टाइनको स्थापना र संचालन :
क्वारेण्टाइन वेड र कक्षहरु निर्माण र स्थापना गरी संचालन गर्दा देहायबमोजिम गर्ने ।
१. होम क्वारेण्टाइन
–जिल्ला वाहिर गएका व्यक्तिहरु घर फर्केपछि घरको छुट्टै कोठा वा स्थानमा बस्ने व्यवस्था गर्ने ।
– कम्तिमा १४ दिन परिवारसँग सामाजिक दुरी कायम गर्ने ।
– होम क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नबसेको विषयमा टोल संस्थाले निगरानी र अनुगमन गर्ने ।
२. सामुदायिक क्वारेण्टाइन
– टोल वा सामुदायिक संस्थाहरुले निर्माण गरी सञ्चालनमा ल्याउने ।
– जोखिमयुक्त जिल्लाबाट आएका र क्वारेण्टाइनको संख्या कम भएको स्थानका व्यक्तिहरुलाई समुदायले सुरक्षित तरिकाले बस्ने व्यवस्था मिलाउने ।
– क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुका लागि आवश्यक लत्ता कपडा र खानपिनको व्यवस्था सम्वन्धित व्यक्तिको घर परिवारले गर्ने ।
– क्वारेण्टाइनको सुरक्षा प्रवन्ध टोल वा समुदायले गर्ने ।
– समुदायिक क्वारेण्टाइनमा सामाजिक दुरी कायम गरी सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकाले निगरानी र अनुगमन गर्ने ।
३. पालिकास्तरको क्वारेण्टाइन
 पालिकाहरुले निर्माण गरी संचालन गर्ने ।
 संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा राख्ने व्यवस्था गर्ने ।
 नेपाल सरकारबाट तोकिएको स्वास्थ्य सम्वन्धी मापदण्ड र दुरी कायम गर्ने ।
 क्वारेण्टाइनमा बस्ने व्यक्तिहरुले प्रयोग गरेका सामग्रीहरुको सुरक्षित तरिकाले म्ष्कउयकब ि गर्ने व्यवस्था मिलाउने ।
 सकभर आफन्तहरुसँग भेटघाट नगर्ने यदि वाध्यात्मक परिस्थितिमा भेटघाट गर्नुपर्ने भए कम्तिमा ३ मिटर भौतिक दुरी कायम गरी सुरक्षित तरिकाले भेटघाट गर्ने व्यवस्था मिलाउने ।
 आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, खानेवस्ने, सरसफाइलगायतका व्यवस्था सम्वन्धित पालिकास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने
 वडा वा पालिकास्तरको क्वारेण्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले बसे नवसेको विषयमा पालिकास्तरको कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्लास्तरको कोरोना संकट व्यवस्थापन केन्द्रले निगरानी र अनुगमन गर्ने ।
४. जिल्लास्तरीय क्वारेण्टाइन
 तराइका जिल्लाहरुमा जिल्लास्तर कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लास्तरको क्वारेण्टाइन स्थापना गर्ने ।
 क्वारेण्टाइनको संचालन जिल्लास्थित सुरक्षा निकायबाट गर्ने व्यवस्था मिलाउने ।
 भारतबाट प्रवेश गर्ने अन्य प्रदेशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखी परिक्षणको व्यवस्था मिलाउने ।
 परिक्षणको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन अस्पताल वा आईसोलेसन केन्द्र र नेगेटिभ आएमा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी सम्वन्धित जिल्लामा पठाउने व्यवस्था मिलाउने ।

ख. आइसोलेसन केन्द्र स्
 जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले स्थापना गरी संचालन गर्ने ।
 पालिकाहरुले स्थापना गरेको खण्डमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी आवश्यक मापदण्ड पुरा गरी संचालन गर्ने ।
 कोरोना संक्रमण पोजेटिभ देखिएका तर रोगको प्रतक्ष्य लक्षण नदेखिएका व्यक्तिहरुलाई राख्ने व्यवस्था मिलाउने ।
 आवश्यक स्वास्थ्य र सुरक्षा सम्वन्धी जनशक्ति, सरसफाइलगायतका व्यवस्था सम्वन्धित जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७७, सोमबार ०६:५९  |