स्वास्थ्यमन्त्री र नेकपा बाँकेका नेता रत्न खत्रीबीच कुराकानी : आईसोलेशन अस्पताल र परीक्षण किट तत्काल उपलब्ध गराउन माग


नेपालगन्ज,जेठ ५ । नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ ।

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएपछी खत्रीले मन्त्री ढकाललाई सम्पर्क गरि आईसोलेसन अस्पताल थप गर्न माग गर्नुभएको हो ।

यसैगरी नेता खत्रीले बाँकेमा कोरोना जाचका लागि पिसिआर किट प्रयाप्तमात्रामा उपलब्ध गराउन माग गर्नु भयो । मन्त्री ढकालले आइसोलेसन अस्पताल थप गर्ने र किटमा अभाव हुन नदिईने बताउनुभयो ।

प्रकाशित मितिः     6:28:58 PM  |