आइसोलेसन केन्द्र यहाँ हुदैन त्यहाँ हुदैन भन्दा पनि व्यवस्थापनमा ध्यान दिउँ : मुख्यमन्त्री पोखरेल


  • शंकर पोखरेल
    मुख्यमन्त्री

वारेन्टाइन र आइसोलेसन केन्द्र बस्तीवाट टाढा र नजिक भन्ने विषयमा स्थानिय स्तरमा हुने वहसले व्यवस्थापनमा चुनौती खडा भइरहेको छ ।

पर्याप्त र व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको अभावमा संक्रमण फैलने खतरा हुन्छ । हामी कहाँ भएका सिमित पूर्वाधारहरुको अधिकतम् प्रयोग गरेर नै यस महामारी विरुद्ध जुध्नु पर्ने वाध्यता छ ।

विभिन्न वहानामा त्यसलाई प्रयोग गर्नवाट रोक्न खोज्ने हो भने महामारीलाई रोक्न सकिदैन ।

पूर्वाधारले सम्पन्न भएका मुलुकमा समेत सामान्य अवस्थाका संक्रमितहरुको उपचार डाक्टरको परामर्समा घरमै हुने गरेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क वा उस्ले प्रयोग गरेका सामाग्री वाहेकवाट कोरोना भाईरस सरेको तथ्य छैन ।

एउटै घरमा पनि सामाजिक दुरी र अलग अलग सामानको प्रयोग गरी विरामीको स्याहारगरी आफु सुरक्षित हुन सकिन्छ । तर हामी अझै आइसोलेसन केन्द्र र अस्पतालमा विरामी राखेर उपचारगर्ने योजनामा छौ ।

महामारीको अवस्थामा त घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छ ।
तपाई हामीसंग हिडिरहेको व्यक्ति पनि संक्रमणमा परेको हुनसक्छ त्यसैले सामाजिक दुरी अनिवार्य रुपमा कायम गरौ । भिडभाडमा नजाउ । वाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौ । सानो कमजोरीले भोली तपाईहामी आफै पनि उपचारमा जानुपर्ने हुन्छ ।
तसर्थ क्वारेन्टाइन र आइसोलेसन केन्द्र यहाँ हुदैन त्यहाँ हुदैन भन्ने वहसमा भन्दा कसरी व्यवस्थित रुपमा संचालन गर्ने भन्न कुरामा छलफल गरौ । व्यवस्थित गर्न रचनात्मक सुझाव सम्वन्धित निकायलाई उपलब्ध गराउ ।

अनावश्यक बहस,भ्रम र त्रासले कोरोना विरुद्धको हाम्रो लडाई कमजोर बन्न सक्छ ।

क्वारेन्टाइन र आइसोलेसन केन्द्र जति धेरै तयार गर्न र व्यवस्थित गर्न सकिन्छ त्यति नै कोरोना भाइरसको संक्रमणवाट समुदायलाई जोगाउन सकिन्छ र विरामीलाई छिटोभन्दा छिटो निको बनाउन सकिन्छ । गंभीर, जिम्मेवार र सहयोगी बनौ ।

(प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सन्जालमा व्यक्त गरेको धारणा)

प्रकाशित मितिः     ६ जेष्ठ २०७७, मंगलवार १६:१७  |