‘भ्रम र उत्तेजना फैलाएर आइसोलेसन र क्वारेन्टाइन बनाउन रोक्नु गम्भीर अपराध’


नेपालगन्ज ७ जेठ :  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रम र उत्तेजना फैलाएर आइसोलेशन र क्वारेन्टाइन बनाउन रोक्नु गम्भीर अपराध भएको बताएका छन् ।

बाँकेको नरैनापुरका ठूलो संख्याका कोरोना संक्रमितलाई उपचारका लागि अन्यत्र लैजाने बिरोध प्रदर्शन भइरहेका बेला मुख्यमन्त्रीले यस्तो टिप्पणी गरेका हुन ।

सामाजिक सन्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भने -‘भ्रम र उत्तेजना फैलाएर आइसोलेसन र क्वारेन्टाइन बनाउन रोक्नु, विरामीको उपचारमा वाधा पुर्याउनु गंभीर अपराध हो। सचेत बनौ,मानवीय बनौ।’

नरैनापुरका संक्रमितलाई आइसोलेशनमा लैजान बिरोधको सामना गर्नुपरेको थियो । स्थानीयस्तरमा अन्यत्र लैजाने वा नलैजाने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

उनीहरुलाई कोहलपुरस्थित कृषी तालिम केन्द्रमा ल्याउने भनेपछि कोहलपुरमा तिव्ररुपमा बिरोध भइरहेको छ । कोरोना जस्तो संवेदनशिल विषयमा आरोप प्रत्यारोप भइरहेका बेला मुख्यमन्त्रीको यस्तो अभिव्यक्ती आएको छ ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार ०८:२९  |