गुर्भाकोटको मदन -आश्रित धारामा फेरी बग्यो कलल पानी…


गुर्भाकोट(सुर्खेत) १० जेठ : गुर्भाकोट नगरपालिका – ९ मा रहेको मदन आश्रित धारा पुर्ननिर्माण गरिएको छ । लामो समयदेख बन्द रहेको धाराको पुर्ननिर्माणको काम सकिएको उपभोक्रा समितिका अध्यक्ष अम्मरराज ओलीले बताए ।

गुर्भाकोट  नगरपालिका वडा नं ९ को आर्थिक सहयोग र स्थानीयको श्रमदानमा उक्त धारा पुर्ननिर्माण गरिएको हो ।

धारासंग रहेको चौतारमिा दैनिक संयौ बटुवाहरु सुस्ताउथे । त्यही धाराको चिसो पानी पिउँथे । धेरैका लागि यो सुस्ताउने ठाउँ बनेको थियो । तर बिभिन्न कारणले धारा बन्द भएपछि चौतारीमा आउनेको कमी भयो ।

डा अध्यक्ष शशी भटट्राईले उक्त धारासंग स्थानीयको भावनात्मक सम्बन्ध रहेकाले पुर्ननिर्माण गरिएको बताए । स्थानीय युवा बिरेन्द्र ओलीले धारामा पहिले जस्तै कलल पानी बगेको बताएका छन् । उनले यस कार्यले बाटोमा हिड्नेलाई राहात दिने बताए ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार १७:४९  |